default_image

5 years ago

June 9, 2021

युरोमा हेर्नैपर्ने ३ युवा स्टार

316 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च प्रतियोगिता युरोपेली च्याम्पियनसिप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । अघिल्लो वर्ष हुने तय यस प्रतियोगिता कोरोना भाइरस संक्रमणका कारण सन् २०२१ मा हुन लागेको हो ।

प्रतियोगिता एक वर्षले पछि सर्दा थुप्रै युवा खेलाडीलाई फाइदा पुगेको छ । अघिल्लो वर्ष टोलीमा पर्ने सम्भावना नै नरहेका केहि खेलाडीले यस सिजन क्लब स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्थान पक्का गरेका छन् । केहि यस्ता खेलाडी पनि छन् जसले कम उमेरका बाबजुद आफ्नो सिनियर टोलीमा निकै प्रभाव जमाउन सक्छन् । युरोमा खेल्ने ३ खेलाडी जसले आफूलाई विश्वसामु सिद्ध पार्न सक्छन् ।

पेड्री

बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गरेपछि युवा मिडफिल्डर पेड्रीले लुइस एन्रिकेको स्पेनिस टोलीमा स्थान बनाउन सफल भएका छन् । उनले छोटो समयमा नै बार्सिलोनाको सिनियर टोलीमा आफूलाई स्थापित गरेका छन् । मात्र १८ वर्ष भएपनि स्पेनिस टोलीमा उनको भूमिका हुने आँकलन गरिएको छ ।

मिडफिल्डमा प्राविधिक रुपमा निपुण उनको पास निकाल्ने क्षमता उत्कृष्ट छ । खेलको अवस्था अनुसार आफ्नो खेल ढाल्न सक्ने उनलाई स्पेनले पहिलो रोजाइमा नै खेलाएपनि आश्चर्य मान्नु पर्दैन । आफ्नो आदर्श आन्द्रेस इनिएस्टाकै झल्को दिने यी युवा मिडफिल्डर स्पेनको युरो यात्रामा महत्त्वपूर्ण कडी बन्न सक्छन् ।

जुड बेलिंघम

बेलिंघम आफैंले पनि पछिल्लो सिजन उनको यो किसिमको उचाइ पुग्ने सोचेका थिएनन् । इंग्ल्यान्डको दोस्रो श्रेणी क्लब बर्मिन्घमबाट बोरुसिया डर्टमुन्ड पुगेका उनले जर्मन क्लबको सिनियर टोलीमा नै आफ्नो स्थान पक्का गरे । नियमित खेल्दै आफ्नो कौशल प्रदर्शन गरेका उनलाई साउथगेटले सिनियर टोलीमा समावेश गर्ने नै भए ।

अष्ट्रियाविरुद्ध मैत्रीपूर्ण खेलमा मात्र १७ वर्ष भएपनि पूरा ९० मिनेट खेल्दै उनले आफ्नो स्तर प्रदर्शन गरे । बक्स टु बक्स मिडफिल्डरको परिचय पाएका उनले इंग्ल्यान्डको मिडफिल्डलाई थप बलियो बनाएका छन् । सिनियर मिडफिल्डर जोर्डन हेन्डरसन शत प्रतिशत फिट नहुँदा जुड साउथगेटका लागि राम्रो विकल्पका रुपमा अघि आएका छन् ।

फेडेरिको किएजा

इटालीको साविक लिग विजेता युभेन्टसको लागि यो सिजन सुखद रहेन । तर युवा फरवार्ड फेडेरिको किएजाको लागि व्यक्तिगत रुपमा भने सकारात्मक पाटो धेरै रहे । सिजन अवधिभर १३ गोल र १० असिस्ट गर्दै उनले युरोपकै भरपर्दा युवा खेलाडीको रुपमा आफूलाई प्रस्तुत गरे ।

क्लबमा प्रदर्शनसँगै इटालीको राष्ट्रिय टोलीमा पनि उनले सुरुवाती भूमिका निर्वाह गर्दै आएका छन् । प्रशिक्षक रोबर्टो मान्सीनीले उनलाई आक्रमणमा थप जिम्मेवारी दिँदै परिपक्व बनाउने प्रयास गरेका छन् । क्रिस्टियानो रोनाल्डोसँग आक्रमणमा सिकेका उनीबाट इटालीका समर्थकले युरोमा पनि आफ्नो क्लबको लयलाई निरन्तरता दिने अपेक्षा राखेका छन् ।

यो पनि : युरो कपको खेल तालिका नेपाली समयअनुसार

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.