default_image

3 years ago

June 12, 2021

राष्ट्रिय टोलीबाट आयुष, सुरज र कमलको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडीत्रय आयुष घलान, सुरज ज्यु ठकुरी र कमल थापाले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आयुष, सुरज र कमललाई विश्वकप छनोटको अन्तिम खेल तथा एसियन कपको छनोटको खेलमा डेब्यु गराएका हुन् । नेपाल विश्वकपको अनुभव बटुलिसकेको तथा एक पटक एसियन च्याम्पियन बनिसकेको अष्ट्रेलियासँग ३–० ले […]

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडीत्रय आयुष घलान, सुरज ज्यु ठकुरी र कमल थापाले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आयुष, सुरज र कमललाई विश्वकप छनोटको अन्तिम खेल तथा एसियन कपको छनोटको खेलमा डेब्यु गराएका हुन् ।

नेपाल विश्वकपको अनुभव बटुलिसकेको तथा एक पटक एसियन च्याम्पियन बनिसकेको अष्ट्रेलियासँग ३–० ले पछि रहँदा अन्तिम समयमा उनीहरुलाई डेब्यु दिएका हुन् । आयुष घलानले सुमन लामा, सुरज ज्यु ठकुरीले एरिक विष्ट तथा कमल थापाले विशाल राईको स्थान लिँदै इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उनीहरुले मैदानमा चार मिनेट समय बिताए ।

सुरज जिउ ठकुरी (मिडफिल्डर)

मिडफिल्डर सुरज जिउ ठकुरीले नेपाल सुपर लिगमा विराटनगरबाट खेलेका थिए । पहिलो खेल बेन्चमा रहेका उनी दोस्रो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । पछिल्ला तीन खेलमा भने उनले पुरै समय मैदानमा बिताएका थिए ।

मिडफिल्डमा निकै छरितो सुरज प्राविधिक रुपमा निपुण खेलाडी हुन् । मिडफिल्डमा पास निकाल्नमा दक्ष उनी उमेरले २० वर्ष पुगे  उनले ए डिभिजनमा जावलाखेलका लागि पनि उच्च प्रदर्शन गरेका थिए । पहिलो पटक बन्द प्रशिक्षणमा परेका उनी सिधै अन्तिम टोलीमा पर्न सफल भए ।

आयुष घलान (मिडफिल्डर)

यसै सिजन बि डिभिजन लिगमा खुमलटारबाट खेलेका मिडफिल्डर आयुष घलानले छोटो समयमा नै राष्ट्रिय टोलीको यात्रा तय गरेका हुन् । नेपाल सुपर लिगमा पोखरा थन्डर्सले ट्यालेन्ट हन्टमार्फत उनलाई टोलीमा समेटेको थियो । आयुषले एनएसएलमा राम्रो प्रदर्शन गरेपछि प्रशिक्षक अलमुताइरीले उनलाई सिधै टोलीमा समावेश गरेका हुन् ।

मिडफिल्डमा खेल्ने उनी विंगरको भूमिका पनि निर्वाह गर्छन् । बल कन्ट्रोल निकै उत्कृष्ट रहेको उनको शैली वर्तमान प्रशिक्षकको रणनीतिमा मिलेको देखिन्छ । प्रशिक्षकले एनएसएल दौरान नै खेलपछि उनीसँग पटक पटक छलफल गरेका थिए ।

कमल थापा (मिडफिल्डर)

कमल थापा नेपाली फुटबलमा नयाँ अनुहार होइनन् । एन्फा एकेडेमीका उत्पादन उनले नेपालका लागि उमेर समूहमा पनि खेलिसकेका छन् । विमल घर्ती मगर, अनन्त तामाङ, अन्जन विष्ट लगायत खेलाडीको ब्याचका उनले घरेलु फुटबलमा हिमालयन शेर्पाबाट खेल्दै आएका छन् । मिडफिल्डमा निकै छरिता उनमा कठिन अवस्थामा पनि उच्च कोटीको पास निकाल्न सक्ने क्षमता छ ।

एनएसएलमा उनलाई पोखरा थन्डर्सले भिषण गुरुङको स्थानमा ल्याएको थियो । भिषणलाई लिगअघि नै कोरोना संक्रमण भएपछि उनी अन्तिम तीन खेलमा उपलब्ध थिए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेपनि उनको खेल्ने शैलीबाट प्रशिक्षक प्रभावित भएर बन्द प्रशिक्षणमा परेका थिए ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.