default_image

3 years ago

June 18, 2021

कोलम्विया र भेनेजुएलाको बराबरी

एजेन्सी – कोपा अमेरिका कपमा कोलम्विया र भेनेजुएलाले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फाल्दा खेल गोलरहितर बराबरीमा टुंगिएको हो । स्टेडियो ओलिम्पिको पेड्रो लुडोभिको टेइसेरिया ब्राजिलमा शुक्रबार बिहान भएको खेलमा बल पोसेसनमा पकड बनाएपनि फिनिसिङमा चुक्दा कोलम्विया बराबरीमा रोकिन बाध्य बन्यो । खेलको दोस्रो मिनेटमा नै मेटस […]

47 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपमा कोलम्विया र भेनेजुएलाले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फाल्दा खेल गोलरहितर बराबरीमा टुंगिएको हो ।

स्टेडियो ओलिम्पिको पेड्रो लुडोभिको टेइसेरिया ब्राजिलमा शुक्रबार बिहान भएको खेलमा बल पोसेसनमा पकड बनाएपनि फिनिसिङमा चुक्दा कोलम्विया बराबरीमा रोकिन बाध्य बन्यो । खेलको दोस्रो मिनेटमा नै मेटस युरिवेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया अग्रता लिनबाट चुक्यो । चौथो मिनेटमा डुभान जापटाको प्रहारलाई भेनेजुएलाका गोलरक्षक विकेर फारिनेजले बचाए ।

२३औं मिनेटमा इडविन कार्डाेनाको प्रहारमा गोलरक्षक फारिनेज नै बाधक बने । २८औं मिनेटमा भेनेजुुएलाका लुइस डेल पिनोको प्रहार गतिलो हुन सकेन । दोस्रो हाफको शुरुमै यारी मिनाको हेडर आकासिदा कोलम्वियाले अग्रता लिन सकेन । ६६औं मिनेटा जुआन कोर्डाडोको पासमा ड्यानियल मुनोजको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुइस डियाज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्विया १० खेलाडीमा सीमित बन्यो । कोलम्वियाले ६६ प्रतिशत बल पोसेसन राख्दै भेनेजुएलाको पोस्टमा २३ पटक आक्रमण बुनेपनि गोलरक्षक विकेर फारिनेजले लगातार बचाउ गर्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

यो बराबरीसँगै समूह ‘बी’ मा अपराजित रहेको कोलम्वियाले दुई खेलबाट ४ अंक जोडेको छ । भेनेजुएलाले पहिलो अंक जोड््दै तेस्रो स्थानमा उक्लिएको छ । केही बेरमा ब्राजिल र पेरु खेल्दैछ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.