default_image

5 years ago

June 18, 2021

स्लोभाकियालाई हराउँदै स्वीडेन शीर्षस्थानमा

189 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियसिपमा स्वीडेनले पहिलो जित दर्ता गर्दा स्लोभाकियालाई पराजित गरेको छ । स्लोभाकियामाथि १–० को झिनो जित निकाल्दै स्वीडेन समूह इ को शीर्षस्थानमा पुगेको हो ।

सेन्ट पिटर्सबर्गमा शुक्रबार भएको खेलमा स्वीडेनको जितमा इमिल फोर्सबर्गले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । उनले ७७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । रबिन क्वेसनलाई पेनाल्टी क्षेत्रभित्र गोलरक्षक मार्टिन डुब्राभ्काले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

त्यसअघि खेलको तेस्रो मिनेटमा नै कप्तान मरेक हाम्सिकको कर्नरमा जुराज कुकाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा स्लोभाकिया अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा सेवास्टिन लार्सनको पासमा मिकाईल लस्टिगको प्रहार बाहिरिदा स्वीडेन अग्रता लिनबाट चुक्यो । ४३औं मिनेटमा ओन्ड्रेज डुडाको पासमा मरेक हाम्सिकको २० यार्ड टाढाको प्रहार बाहिरियो ।

दोस्रो हाफको शुरुमै स्वीडेना एलेक्सान्डर इसाकले सुवर्ण अवसर पाएपनि उनले नभेट्दै मिलान स्क्रिनिएरले खतरा टारे । ५०औं मिनेटमा डुडाको प्रहारले पोस्टको गति लिन सकेन । ५८औं मिनेटमा जुराज कुकाको फ्रिकिकमा हाम्सिकले गरेको हेडरलाई पञ्च गर्दै बचाएपनि उनी अफसाइड ठहरिएका थिए ।

लगत्तै ५९औं मिनेटमा सेवास्टिन लार्सनको क्रसमा लुडविग अगस्टिन्सनको हेडरलाई गोलरक्षक मार्टिन डुभ्रावकाले डाइड दिदै एक हातले उत्कृष्ट पञ्च गर्दै खेललाई बराबरीमै राखे । ६०औं मिनेटमा लार्सनकै पासमा मार्कुस ड्यानिल्सनले अवसर पाएपनि सदुपयोग हुन सकेन । ६१औं मिनेटमा इमिल फोर्सवर्ग र इसाकको समन्वयमा बनेको मुभलाई स्क्रिनिएरले विफल पारे ।

६७औं मिनेटमा इसाकले अर्काे अवसरलाई सदुपयोग गर्न नसक्दा स्वीडेनले अग्रता लिन सकेन । ७१औं मिनेटमा इसाकले तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षक मार्टिन डुभ्रावकाले सहजै नियन्त्रणमा लिए । ७७औं मिनेटमा इमिल फोर्सबर्गले पेनाल्टीमा गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए ।

इसाकको फ्लिक पासमा रोविन क्वाइसनलाई पेनाल्टी बक्समा मार्टिन डुभ्रावकाले फउल गरेपछि रेफ्रीले स्वीडेनलाई पेनाल्टी प्रदान गरेका थिए। गोलरक्षक मार्टिन डुभ्रावकाले सही दिशामा डाइभ दिएपनि फोर्सवर्गले गोल गर्न सफल भए ।

समूह चरणमा स्वीडेनको यो पहिलो जित हो स्वीडेनले यसअघि स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । स्लोभाकियाको यो पहिलो हार हो । यसअघि स्लोभाकियाले पोल्यान्डलाई १–० ले स्तब्ध पारेको थियो ।

यो जितसँगै समूह ‘ई’ मा स्वीडेन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लँदा पराजित स्लोभाकिया २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । एक खेल खेलेको स्पेन १ अंकसहित तेस्रो स्थानमा अंकविहीन पोल्यान्ड पुछारमा छ । शनिबार स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि : अर्जेन्टिना र उरुग्वे भिड्दै

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.