default_image

5 years ago

June 18, 2021

क्रोएसिया र चेक रिपब्लिकको बराबरी

170 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप को समूह डी अन्तर्गत दोस्रो चरणको खेलमा क्रोएसिया र चेक रिपब्लिकले बराबरी खेलेका छन् । ग्लास्गोस्थित हाम्पडेन पार्कमा चेकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो ।

१८ औं मिनेटमा प्याट्रिक सिकले सहज अवसरको सदुपयोग गर्न नसक्दा चेकले अग्रता लिनबाट चुक्यो । भ्लादिमिर सौफालको लो क्रसमा ६ यार्ड बक्सभित्रबाट सिकले ६ यार्ड बक्स भित्रबाट बायाँ खुट्टाले गरेको प्रहार फितलो हुँदा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सहजै बचाए । त्यसअघि चौथो मिनेटमा टोमस सुचेकको हेडर पोस्टभन्दा थोरै माथिबाट गएको थियो ।

२३ औं मिनेटमा छोटो कर्नरपछि कप्तान लुका मोड्रीचले दिएको पासमा इभान पेरिसिचको प्रहार सिधै गोलरक्षक टोमस भाच्लिकको हातमा पुगेको थियो । ३७ औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेकलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थियो । सिकले लिभाकोभिचलाई गलत दिशामा पठाउँदै प्रतियोगितामा व्यक्तिगत तेस्रो गोल गरेका थिए ।

लगत्तै अर्को तर्फ क्रोएसियाका आन्टे रेबिचल खेल बराबर गर्ने सुवर्ण अवसर खेर फाले । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिरबाट गएको थियो । अन्तिम मिनेटमा आन्द्रे क्रामारीचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा नपुग्दा चेकले पहिलो हाफमा १-० को अग्रता बनायो ।

दोस्रो हाफको सुरुवातमा नै क्रोएसियाले बराबरी गोल फर्कायो । पेरिसिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट फार पोस्टतर्फ गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । छोटो फ्रिकिकमा छरितो मुभ बनाएको क्रोएसियाका लागि क्रामारीचको पासमा पेरिसिचले गोल गरेका थिए ।

६१ औं मिनेटमा सिकको हेडर पोस्टभन्दा माथिबाट गएको थियो । ७२ औं मिनेटमा वैकल्पिक खलाडी निकोला भ्लासिचले भार्दिओलको क्रसलाई ऊस्त्को दिशा दिन नसक्दा क्रोएसियाले अवसर सदुपयोग गर्न सकेन । त्यसको केहीबेरमा नै एडम ह्लोजेकको प्रहार क्रसबार भन्दा थोरै माथिबाट जाँदा चेकले अग्रता लिन सकेन ।

८८ औं मिनेटमा ब्रुनो पेत्कोभिचले क्रोएसियालाई अग्रता दिलाउन सकेनन् । पेरिसिचको पासमा पेनाल्टी क्षेत्र भित्रबाट उनले गरेको प्रहार चेकका डिफेन्डर टोमस कालासले छेक्दै कर्नर बनाएका थिए ।

यस बराबरीसँगै चेकले समूह डीको शीर्षस्थानमा २ खेल खेल्दै ४ अंक जोडेको छ । क्रोएसिया १ अंकका साथ तेस्रो स्थानमा छ । केहीबेरमा ३ अंक जोडेको इंग्ल्यान्ड र स्कटल्यान्डबीच खेल हुनेछ । समूहको अन्तिम खेलमा क्रोएसिया र स्कटल्यान्ड तथा इंग्ल्यान्ड र चेक रिपब्लिक खेल्नेछन् ।

त्यसअघि स्वीडेनले पहिलो जित दर्ता गर्ने क्रममा स्लोभाकियालाई पराजित गरेको थियो । स्लोभाकियामाथि १–० को झिनो जित निकाल्दै स्वीडेन समूह इ को शीर्षस्थानमा पुगेको हो ।

सेन्ट पिटर्सबर्गमा शुक्रबार भएको खेलमा स्वीडेनको जितमा इमिल फोर्सबर्गले दोस्रो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । उनले ७७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । रबिन क्वेसनलाई पेनाल्टी क्षेत्रभित्र गोलरक्षक मार्टिन डुब्राभ्काले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

त्यसअघि खेलको तेस्रो मिनेटमा नै कप्तान मरेक हाम्सिकको कर्नरमा जुराज कुकाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा स्लोभाकिया अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा सेवास्टिन लार्सनको पासमा मिकाईल लस्टिगको प्रहार बाहिरिदा स्वीडेन अग्रता लिनबाट चुक्यो । ४३औं मिनेटमा ओन्ड्रेज डुडाको पासमा मरेक हाम्सिकको २० यार्ड टाढाको प्रहार बाहिरियो ।

दोस्रो हाफको शुरुमै स्वीडेना एलेक्सान्डर इसाकले सुवर्ण अवसर पाएपनि उनले नभेट्दै मिलान स्क्रिनिएरले खतरा टारे । ५०औं मिनेटमा डुडाको प्रहारले पोस्टको गति लिन सकेन । ५८औं मिनेटमा जुराज कुकाको फ्रिकिकमा हाम्सिकले गरेको हेडरलाई पञ्च गर्दै बचाएपनि उनी अफसाइड ठहरिएका थिए ।

लगत्तै ५९औं मिनेटमा सेवास्टिन लार्सनको क्रसमा लुडविग अगस्टिन्सनको हेडरलाई गोलरक्षक मार्टिन डुभ्रावकाले डाइड दिदै एक हातले उत्कृष्ट पञ्च गर्दै खेललाई बराबरीमै राखे । ६०औं मिनेटमा लार्सनकै पासमा मार्कुस ड्यानिल्सनले अवसर पाएपनि सदुपयोग हुन सकेन । ६१औं मिनेटमा इमिल फोर्सवर्ग र इसाकको समन्वयमा बनेको मुभलाई स्क्रिनिएरले विफल पारे ।

६७औं मिनेटमा इसाकले अर्काे अवसरलाई सदुपयोग गर्न नसक्दा स्वीडेनले अग्रता लिन सकेन । ७१औं मिनेटमा इसाकले तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षक मार्टिन डुभ्रावकाले सहजै नियन्त्रणमा लिए । ७७औं मिनेटमा इमिल फोर्सबर्गले पेनाल्टीमा गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए ।

इसाकको फ्लिक पासमा रोविन क्वाइसनलाई पेनाल्टी बक्समा मार्टिन डुभ्रावकाले फउल गरेपछि रेफ्रीले स्वीडेनलाई पेनाल्टी प्रदान गरेका थिए। गोलरक्षक मार्टिन डुभ्रावकाले सही दिशामा डाइभ दिएपनि फोर्सवर्गले गोल गर्न सफल भए ।

समूह चरणमा स्वीडेनको यो पहिलो जित हो स्वीडेनले यसअघि स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । स्लोभाकियाको यो पहिलो हार हो । यसअघि स्लोभाकियाले पोल्यान्डलाई १–० ले स्तब्ध पारेको थियो ।

यो जितसँगै समूह ‘ई’ मा स्वीडेन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लँदा पराजित स्लोभाकिया २ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ । एक खेल खेलेको स्पेन १ अंकसहित तेस्रो स्थानमा अंकविहीन पोल्यान्ड पुछारमा छ । शनिबार स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि : एरिक्सन अस्पतालबाट डिस्चार्ज

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.