default_image

3 years ago

June 21, 2021

मेस्सी र रोनाल्डोलाई सँगै खेलाउने बार्सिलोना अध्यक्षको चाहना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा जोआन लापोर्टा अध्यक्ष भएपछि क्लबको स्वरूप नै बदलिएको छ । यसअघिका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नेतृत्वमा क्लब व्यवस्थापन र खेलाडीबीच मनमुटावसँगै धेरै समस्या आएका थिए । कप्तान लिओनेल मेस्सीले बार्टोमेउकै कारण क्लब छाड्ने निर्णय समेत गरेका थिए । तर उनलाई कानुनी कारवाहीको डर देखाउँदै अघिल्लो नेतृत्वले जान दिएन । सिजनको […]

67 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा जोआन लापोर्टा अध्यक्ष भएपछि क्लबको स्वरूप नै बदलिएको छ । यसअघिका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नेतृत्वमा क्लब व्यवस्थापन र खेलाडीबीच मनमुटावसँगै धेरै समस्या आएका थिए ।

कप्तान लिओनेल मेस्सीले बार्टोमेउकै कारण क्लब छाड्ने निर्णय समेत गरेका थिए । तर उनलाई कानुनी कारवाहीको डर देखाउँदै अघिल्लो नेतृत्वले जान दिएन । सिजनको बिचमा नै बार्टोमेउसहित अन्य पदाधिकारीले पनि राजिनामा दिएपछि बार्सिलोनामा नयाँ नेतृत्व आयो । र लापोर्टाको आगमनसँगै बार्सिलोना फरक रुपमा प्रस्तुत भएको छ ।

लापोर्टाले आफू बार्सिलोना फर्कनुअघि नै परिवर्तनको संकेत देखाएका थिए । उनले बार्सिलोनाको अध्यक्ष उठ्ने घोषणा गर्न रियल म्याड्रिडको मैदान सान्टियागो बर्नाबाउ बाहिर बोर्ड नै राखेका थिए । उनले त्यस संकेतलाई निरन्तरता दिँदै क्लबमा नेतृत्व लिएसँगै सकारात्मक परिवर्तन ल्याएका छन् । त्यसमध्य एक कप्तान लिओनेल मेस्सीलाई क्लबमा नै राख्ने रणनीतिमा सफल हुनु हो ।

मेस्सीले सम्झौता नवीकरण गर्ने पक्का जस्तै छ । मेस्सीका पिता र एजेन्ट जोर्गे मेस्सीसँग मैखिक सम्झौता भएको अवस्थामा अब औपचारिक रुपमा सम्झौता गर्न बाँकी छ । मेस्सीलाई अहिले बार्सिलोनामा पाउने भन्दा तीन गुणा बढी तलबको प्रस्ताव अन्यत्रबाट आएपनि मेस्सीले बार्सिलोनामा नै रहने वातावरण बनाउन जोर्गेलाई भनेका छन् । अध्यक्ष लापोर्टा पनि त्यसमा सकारात्मक छन् ।

लापोर्टाले मेस्सीको सम्झौता भन्दा एक कदम अघि बढेर अर्को कदम बारे सोच बनाएका छन् । जुन सुन्दा असम्भव लाग्न सक्छ । स्पेनिस संचारमाध्यम एएसका अनुसार लापोर्टाले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र मेस्सीलाई एकसाथ बार्सिलोनामा उतार्ने तयारी गरिरहेका छन् । विश्व फुटबलको इतिहासमा नै यादगार रहने यस ट्रान्सफर सहज नहुने उनले बुझेका छन् । तर उनले प्रयास भने गर्ने भएका छन् ।

रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेससँग पनि लापोर्टाले यसबारे छलफल गरिसकेका छन् । तर मेन्डेसले औपचारिक रुपमा रोनाल्डोसँग यसबारे छलफल गरेका छैनन् । लापोर्टाले युभेन्टसलाई रोनाल्डोका लागि एन्टोइन ग्रिजमन र फिलिपे कोउटिन्होसहितको ट्रान्सफर प्रस्ताव राख्ने तयारी गरेका छन् ।

बार्सिलोनाले रोनाल्डो आउने भएको अवस्थामा यी दुई खेलाडीको तलबले पनि रोनाल्डोको मोटो तलब तिर्न सहज होस् भन्ने सोच राखेको उल्लेख गरिएको छ । आर्थिक रुपमा हेर्ने हो भने यो ट्रान्सफर सहज हुने छैन, तर अनुसन्धानका अनुसार बार्सिलोनाको बजार भाउ रोनाल्डो र मेस्सी सँगै खेलेमा दोब्बर हुनेछ । लापोर्टाले यसमा पनि नजर राखेका छन् ।

रोनाल्डोलाई बार्सिलोना ल्याउन पक्कै सहज छैन । रियल म्याड्रिडमा लेजेन्डको स्थान पाएका रोनाल्डो समर्थकलाई रुष्ट बनाउन चाहदैनन् । तर व्यावसायिक रुपमा हेर्ने हो भने रोनाल्डोलाई पनि यसले फाइदा पुग्न सक्छ । ला लिगा आफैंलाई पनि रोनाल्डोको आगमनले निकै फाइदा पुग्छ । लापोर्टाको यो चाहना पूरा होला या नहोला, त्यो समयले बताउँछ । तर यस्तो कदमको सोचले नै पनि बार्सिलोना सहि दिशामा गएको आँकलन गर्न सकिन्छ ।

यो पनि : रोनाल्डो र मेस्सी : तथ्यांकमा को अगाडि ?

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.