default_image

4 years ago

June 21, 2021

नेदरल्यान्ड्सको सानदार जित

160 views

0 Bookmark

एजेन्सी – एक खेल बाँकी छदै युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा स्थान पक्का गरिसकेको नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई सहजै पराजित गरेको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा डच टोलीले नर्थ म्यासेडोनियामाथि ३–० को सहज जित निकालेको हो ।

पहिलोपटक ठुलो प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनियालाई पराजित गर्दा डच टोलीका कप्तान जर्जिनियो वाइनाल्डमले दुई तथा मेम्फिस डिपाएले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल निस्किएको थियो । घरेलु मैदान योहान क्रुएफ एरिनामा सोमबार राति भएको खेलको तेस्रो मिनेटमा नै रायन ग्राभेनवर्चले २० यार्ड टाढाबाट गरेको प्रहारले गोलरक्षक स्टोल डिमिट्रिभेस्कीलाई बिट गरेपनि क्रसबारमा लाग्दा डच टोली अग्रता लिनबाट चुक्यो ।

१०औं मिनेटमा इभान ट्रिकोभ्स्कीले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा नर्थ म्यासेडोनिया अग्रता लिनबाट चुक्यो । कप्तान गोरान पाण्डेभले स्टेफन रिस्टोभ्स्कीबाट पाएको पासलाई फ्लिक गर्दै दिएको पासमा इभान ट्रिकोभ्स्की अफसाइड हुन पुगेको थियो । २२औं मिनेटमा एलेक्सान्डर ट्राजिकोभ्स्कीको प्रहार पोस्टमा लाग्दा नर्थ म्यासेडोनियाले अग्रता लिन सकेन ।

इभान ट्रिकोभ्स्कीमार्फत गोरान पाण्डेभ हुदै आएको पासमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो । रिवाउन्डमा उनको प्रहारले पोस्टको दिशा लिन सकेन । दुई महत्वपुर्ण अवसर गुमाएको नर्थ म्यासेडोनियाले २४औं मिनेटमा गोल खान पुग्यो । डोनेल मालेनले काउन्टर अट्याकमा मिलाइदिएको पासमा मेम्फिस डिपाएले गोल गर्दै डच टोलीलाई १–० को अग्रता दिलाए ।

२९औं मिनेटमा एलेक्सान्डर ट्राजिकोभ्स्कीको झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा नर्थ म्यासेडोनिया अग्रता लिनबाट चुक्यो । लगत्तै ३०औं मिनेटमा नर्थ म्यासेडोनियाका गोलरक्षक स्टोल डिमिट्रिभेस्कीले अघिल्लो दुई खेलमा गोल गरेका डेन्जेल डम्फ्रेजको प्रहारलाई बचाउँदै खतरा टारे ।

४१औं मिनेटमा इज्जान एलिओस्कीको क्रसमा इनिस बार्दीले मिलाइदिएको पासमा भिसार मुसिलुले अवसर पाएपनि म्याथिज डि लेग्टले क्लियर गर्दै बराबरी टारे । ५०औं निेटमा म्याथिज डि लेग्टको हेडरलाई ट्रिकोभ्स्कीले गोललाईबाट बचाउँदै अर्काे खतरा टारे । ५१औं मिनेटमा कप्तान जर्जिन्हो वाइनाल्डमले गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका मेम्फिस डिपाएको पासमा ६ यार्ड भित्रबाट सहज गोल गरेका थिए ।

५६औं मिनेटमा इनिस बार्दीको प्रहारलाई गोलरक्षक मार्टिन स्टेकेलेनवर्गले बचाउँदा नर्थ म्यासेडोनिया अग्रता कम गर्नबाट चुक्यो । ५८औं मिनेटमा कप्तान जर्जिन्हो वाइनाल्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै डच टोलीलाई ३–० ले अघि बढाए । मालेन हुदै डिपाएलाई आएको पासलाई वाइनाल्डमले जाली चुमाए । ६२औं मिनेटमा वाइनाल्डम ह्याट्रिकबाट चुक्यो । उनले प्रहारलाई स्टोल डिमिट्रिभेस्कीले बचाइदिए ।

६७औं मिनेटमा फ्रान्की डि योङको पासमा वोउट वेगह्रस्टको प्रहार बारमा लाग्दै बाहिरिदा डच टोलीले अग्रता थप बढाउन पाएन । ७३औं मिनेटमा इनिस बार्दीको पासमा डार्काे चुर्लिनोभले गोल गरेपनि पुनः भिएआरबाट मान्यता नपाउँदा म्यासेडोनियाले गोल अन्तर कम गर्न सकेन । भिएआरमा उनी अफसाइड पोजिसनमा देखिएको थियो ।

समूह ‘सी’ मा डच टोलीले ३ खेलबाट ९ अंक जोड्यो । डच टोलीसँगको हारसँगै पहिलोपटक ठुलो प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनिया अंकविहीन हुदै समूह चरणबाट बाहिरियो ।

यो समूहबाट अष्ट्रियाले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गर्दा युक्रेनको उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढ्ने झिनो सम्भावना छ । आज भएको खेलमा अष्ट्रियाले युक्रेनलाई १-० ले पराजित गरेको हो । अष्ट्रियाले ६ तथा युक्रेनले ३ अंक जोड्यो ।

नर्थ म्यासेडोनिया पहिलो खेला अष्ट्रियासँग ३–१ ले तथा युक्रेनसँग २–१ ले पराजित भएको थियो । टोलीले ठुलो प्रतियोगितामा ६ गोल खादा दुई गोल गर्न सफल भयो । कप्तान गोरान पाण्डेभ नर्थ म्यासेडोनियाबाट ठुलो प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी बने । उनले आजको खेलसँगै अन्तर्राष्ट्रिय करिअरबाट विश्राम समेत लिएका छन् ।

यो पनि : युक्रेनलाई हराउँदै अष्ट्रिया पहिलोपटक अन्तिम १६ मा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.