4 years ago
June 21, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह सी अन्तर्गत अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रियाले पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुकारेस्टस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अष्ट्रियाले क्रिस्टोफ बाउमगार्टनरको पहिलो हाफको गोलमा १-० को जित दर्ता गर्यो ।

खेलको २१ औं मिनेटमा कप्तान डेविड अलाबाको असिस्टमा बाउमगार्टनरले गोल गरेका थिए । अलाबाले प्रहार गरेको कर्नरमा बाउमगार्टनरले डिफेन्डर जबर्नीको चुनौतीलाई पछि पार्दै गोल गर्न सफल रहेका थिए । त्यसअघि १६ औं मिनेटमा मार्को अर्नाउटोभिचको प्रहार डिफेन्डर मात्भिएन्कोलाई लाग्दै बाहिरिएको थियो ।
४२ औं मिनेटमा अर्नाउटोभिचले नै अग्रता दोब्बर पार्ने अवसर खेर फाले । युक्रेनको कर्नरबाट अघि बढेको काउन्टर अट्याकमा अर्नाउटोभिचले अन्तिम प्रहारलाई पेनाल्टी क्षेत्र भित्रबाट पोस्टतर्फ प्रहार गर्न सकेनन् । पहिलो हाफमा अष्ट्रियाको मिडफिल्डले उच्च प्रदर्शन गरेको थियो ।

दोस्रो हाफमा युक्रेनले गोलका लागि राम्रो अवसर सिर्जना नै गर्न सकेन । ८७ औं मिनेटमा यारेमचुकले खेल बराबर गर्ने अवसर पाएपनि उनको प्रहारले गोलरक्षकलाई कुनै कठिनाइ उत्पन्न गरेन । यारेमचुक नै इन्ज्युरी समयमा अफसाइड ठहर भएपछि युक्रेनको सम्भावना सकिएको थियो ।
यस नतिजाले अष्ट्रिया अंक तालिकाको दोस्रो स्थानमा उक्लँदै अन्तिम १६ मा प्रवेश गरेको छ । अष्ट्रियाको ३ खेलमा ६ अंक तथा युक्रेनको ३ खेलमा ३ अंक छ । युक्रेन तेस्रो स्थानमा रहेपनि उत्कृष्ट ४ टोलीको माध्यमबाट अर्को चरणमा अघि बढ्ने झिनो सम्भावना भने बाँकी छ ।
अष्ट्रियाले अब अन्तिम १६ मा इटालीको सामना गर्नेछ । इटाली समूह ए को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । इटालीले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३० खेल अपराजित रहँदै कीर्तिमान समेत बनाएको थियो ।
थप पढ्नुहोस : अपराजित इटाली दुर्लभ कीर्तिमानको नजिक
यो पनि : नेदरल्यान्ड्सको सानदार जित
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]