default_image

3 years ago

June 22, 2021

अन्तिम १६ मा इटाली र अष्ट्रिया भिड्ने

55 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए र समूह सी को सम्पूर्ण खेल समाप्त भइसकेको छ । समूह ए बाट इटाली र समूह सी बाट नेदरल्यान्ड्सले शत प्रतिशत जितको नतिजा निकाल्दै अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

इटालीले अब अन्तिम १६ मा समूह सी को दोस्रो स्थानमा रहेको अष्ट्रियासँग खेल्नेछ । अष्ट्रियाले सोमबार भएको खेलमा युक्रेनलाई १-० ले पराजित गर्दै पहिलो पटक नकआउट चरणको यात्रा तय गरेको थियो । अष्ट्रियाले ३ खेलमा २ अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा ३ खेलमा ९ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहयो ।

नर्थ म्यासेडोनियालाई ३-० ले पराजित गर्दै डच टोलीले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । ३ अंक जोडेको युक्रेन भने अब अन्य समूहको नतिजा कुरिरहेको छ । नर्थ म्यासेडोनिया पहिलो सहभागितामा अंकविहिन रहँदै घर फर्कनुपर्यो ।

अब नेदरल्यान्ड्सले अन्तिम १६ मा तेस्रो स्थान हासिल गर्ने टोलीको सामना गर्नेछ । कुन टोलीसँग खेल्ने भन्ने टुंगो पछि लाग्नेछ । वेल्सले भने समूह बी को उपविजेतासँग खेल्दैछ । समूह बीबाट सबै टोलीको अघि बढ्ने सम्भावना रहेको छ । समूह बीमा आज बेल्जियम र फिनल्यान्ड तथा रसिया र डेनमार्क भिड्नेछन् ।

यो पनि : युक्रेनलाई हराउँदै अष्ट्रिया पहिलोपटक अन्तिम १६ मा

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.