4 years ago
June 23, 2021
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमा युरोपेली च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा परे । लामो समय टोलीबाट बाहिर रहँदै आएका उनले क्लब स्तरमा उच्च प्रदर्शन गरेपछि प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीमा समेटेका थिए ।

बेन्जेमाको आगमनसँगै फ्रान्सको आक्रमण निकै बलियो हुने आँकलन गरिएको थियो । किलीयन एमबाप्पे र एन्टोइन ग्रिजमनसँग बेन्जेमाले बलियो साझेदारी गर्ने अपेक्षा थियो । यहाँसम्म की नाइकीले राष्ट्रिय टोलीको जर्सी निर्माण गर्दा बेन्जेमाको नामसहित निकालेको जर्सी छोटो समयमा नै सकिँदा समर्थकको माग थाम्न सकेको थिएन । तर ३२ वर्षीय फरवार्डले फ्रान्सेली टोलीबाट सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् ।
फ्रान्सले युरो २०२० को पहिलो दुई खेलमा १ गोल मात्र गरेको छ । जर्मनीविरुद्ध म्याट्स हमल्सको आत्मघाती गोलमा जित हासिल गरेको फ्रान्सका लागि हंगेरीविरुद्ध एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए । बेन्जेमाले युरोअघि पनि दुई खेल खेलेका थिए, र सबै खेलमा कुनै गोल गर्न सकेनन् । कुल ३ सय ५ मिनेटमा उनले गोल र असिस्ट गर्न सकेका छैनन् ।

बेन्जेमा गोलका लागि संघर्ष गरिरहँदा टोलीका अर्का फरवार्ड ओलिभिएर जिरुड भने लयमा नै छन् । उनले यो चार खेलमा ७४ मिनेट खेल्दै २ गोल गरिसकेका छन् । बेन्जेमा राष्ट्रिय टोलीबाट बाहिर रहँदा यी दुईको सम्बन्ध राम्रो थिएन । पछिल्लो समय एमबाप्पे र बेन्जेमाको सम्बन्ध राम्रो हुँदा जिरुडले मैदानभित्र पनि एमबाप्पेले उनलाई सहयोग नगरेको आरोप लगाएका थिए ।
बेन्जेमाले हालसम्म राष्ट्रिय टोलीका लागि ८५ खेलमा २७ गोल गरेका छन् । उनले पछिल्लो पटक राष्ट्रिय टोलीका लागि सन् २०१५ मा अर्मेनियाविरुद्ध २ गोल गरेका थिए । त्यसअघि २०१४ मा पोर्चुगलविरुद्ध पनि गोल गरेका थिए । आज युरो अन्तर्गत समूहको अन्तिम खेलमा बेन्जेमा आफ्नो पुनरागमनपछि पहिलो गोल गर्ने लक्ष्यमा हुनेछन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]