4 years ago
June 23, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणमा आज (बुधबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘ई’ र समूह ‘एफ’ का अन्तिम चरणको खेलमा प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ई’ मा स्लोभाकिया र स्पेन तथा स्वीडेन र पोल्यान्डबीच खेल हुनेछ । दुवै खेल एकै समयमा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । यो समूहबाट स्वीडेनले एक खेल बाँकी छदै नकआउट चरणको यात्रा तय गर्दा बाँकी तीन टोलीको पनि अन्तिम १६ मा पुग्ने सम्भावना जीवित छ । घरेलु मैदान सेभियामा हुने खेलमा स्पेन स्लोभाकियालाई हराउँदै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ ।
सुरुवाती दुई खेलमा बराबरीको नतिजा निकालेको स्पेनलाई अघिल्लो चरण पुग्न जित्नैपर्ने दवाव छ । बराबरीले तेस्रो स्थानमा रहने सम्भावना रहेपनि अघिल्लो चरण पुग्न अन्य नतिजामा भर पर्नुपर्छ । पोल्यान्डले स्वीडेनसँग हार बेहोरेको खण्डमा भने स्पेनलाई अन्तिम १६ मा पुग्न बराबरी नै पर्याप्त हुनेछ । टोलीले दुई खेल खेल्दा एक गोल मात्रै गरेका कारण टोलीलाई गोल गर्न दवाव हुनेछ ।

स्पेनलाई घरेलु मैदानमा समूह चरणबाट लज्जास्पद ढंगले बाहिरिने डर छ । स्पेनलाई समूह ‘ई’ बाट अर्को चरण पुग्न निश्चित जित आवश्यक छ । स्पेनमात्र २०१६ मा पनि समूह चरणबाटै बाहिरिएको थियो । सन् २००४ मा पनि स्पेन नकआउट चरण पुग्न सकेको थिएन ।
अल्भारो मोराटाले आफ्नो लयमा समात्न सकेको छैनन् । जेरार्ड मोरेनो, पाब्लो सराबिया, थियागो अलकान्तरा, सर्जियो बुस्क्वेट्स, कोके, एमेरिक लापोर्ट, एरिक गार्सिया, सेजार एज्पिलिक्वेटा र गोलरक्षक उनाई सिमोन रहेका छन् । यस्तै फेरान टोरेस, एडमा ट्राओरे, पेड्री, रोड्री, मार्काेस लोरेन्टे र जोर्डी अल्वा पनि टोलीमा रहेका छन् ।

यस्तै स्पेनलाई हराएको खण्डमा स्लोभाकिया अघि बढ्नेछ । अर्काे खेलमा स्वीडेन बराबरी या हारेको खण्डमा स्लोभाकिया समूह विजेता बन्नेछ । स्लोभाकियालाई नकआउट चरण पुग्न बराबरी पर्याप्त हुनेछ । सन् २०१६ मा पहिलोपल्ट युरो खेलेयता स्लोभाकिया लगातार दोस्रोपल्ट यो प्रतियोगिता खेलिरहेको छ । अहिले तत्काल स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा छ । यो स्पेनमाथि १ अंकको अग्रता हो । स्लोभाकियाले २०१६ मा पनि समूह चरण पार गर्न सकेको थिएन ।
यि दुई टोलीको पछिल्लो दुई भेटमा दुवै टोलीले समान एक खेल जितेका छन् । २०१६ को लागि युरो छनोटमा प्रतिस्पर्धा हुदा स्पेनले एक खेलमा २–० को जित निकाल्दा त्यसअघि स्लोभाकियाले २–१ को जित निकालेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]