default_image

4 years ago

June 23, 2021

सानदार जितसँगै स्पेन अन्तिम १६ मा

178 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह ई को अन्तिम खेलमा स्लोभाकियाविरुद्ध फराकिलो जित निकाल्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकियालाई ५-० ले पराजित गरेको स्पेनका लागि अर्को खेलमा स्वीडेनले जितेपछि समूहको दोस्रो स्थानमा रहँदै अघि बढेको हो । स्पेनले अब क्रोएसियाको सामना गर्नेछ ।

यस जितसँगै स्पेनले ३ खेलमा ५ अंक जोड्दै अन्तिम १६ को यात्रा तय गरेको छ । अर्को खेलमा स्वीडेनले पोल्यान्डलाई ३-२ ले पराजित गरेपछि स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्वीडेन भने ३ खेलमा ७ अंकका साथ समूह विजेता बन्यो । यस समूहमा स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा छ । पोल्यान्ड भने १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो ।

स्पेनले स्लोभाकियाविरुद्ध गोलरक्षक मार्टिन डुब्राभ्काको आत्मघाती गोलमा सुरुवाती अग्रता बनाउँदै २-० को अग्रता बनाएको छ । खेलको १२ औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न नसक्दा खेल गोलरहित नै रहेको थियो । मोराटाले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक डुब्राभ्काले विफल पारेका थिए ।

पेनाल्टी विफल पार्दै नायक बनेका डुब्राभ्का ३० औं मिनेटमा भने खलनायक बने । डिफेन्सले मिसपास गरेको बलमा पाब्लो सराबियाले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । उक्त रिबाउन्डलाई बाहिर पठाउने प्रयासमा डुब्राभ्काले सिधै पोस्टभित्र बल प्रहार गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा स्पेनले अग्रता दोब्बर पार्यो । डिफेन्डर एमेरिक लापोर्टले गोल गर्दै स्पेनलाई २-० ले अघि बढाएका थिए । स्लोभाकियाको डिफेन्सले कर्नरमा राम्रो क्लिअरेन्स गर्न नसक्दा जेरार्ड मोरेनोले दिएको क्रसलाई लापोर्टले हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा थप आक्रामक देखिएको स्पेनले ५६ औं मिनेटमा नै ३-० को अग्रता लियो । पाब्लो सराबियाले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिसिङमा गोल गर्दै स्पेनलाई सहज जिततर्फ उन्मुख गरे । उनले जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसलाई फार पोस्टमा गोल गरेका थिए ।

६७ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेसले स्पेनको अग्रता फराकिलो पारे । कर्नरबाट बनेको मुभमा टोरेसले गोल गरेका थिए । कोके, सराबिया र पेड्रीले बनाएको आकर्षक मुभलाई म्यानचेस्टर सिटीका फरवार्डले गोलमा परिणत गरेका थिए । उनले सराबियाको अन्तिम क्रसलाई ब्याकहिल फ्लिकमार्फत सहजै गोल गरेका थिए ।

७१ औं मिनेटमा जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेन ५-० ले अघि बढ्यो । पाउ टोरेसको प्रहारलाई गोलरक्षक डुब्राभ्काले बचाउने प्रयास गरेपनि त्यसपछि आएको बललाई कुच्काले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

यो पनि : पोल्यान्डलाई हराउँदै स्वीडेन समूह विजेता

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.