default_image

4 years ago

June 23, 2021

पोल्यान्डलाई हराउँदै स्वीडेन समूह विजेता

189 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह ई को अन्तिम खेलमा पोल्यान्डलाई पराजित गर्दै स्वीडेन समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयमा भिक्टर क्लेसनले गोल गरेपछि स्वीडेनले ३-२ को जित दर्ता गरेको हो ।

स्वीडेनका लागि एमिल फोर्सबर्गले दुवै हाफमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा लेवान्डोस्कीले २ गोल गरेपछि एक समय खेल २-२ को बराबरीमा आएको थियो । तर क्लेसनले इन्ज्युरी समयको चौथो मिनेटमा विजयी गोल गर्दै स्वीडेनलाई समूह विजेता बनाए ।

यस जितसँगै स्वीडेन ३ खेलमा ७ अंकका साथ समूह विजेता बन्यो । स्पेनले ३ खेलमा ५ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ को यात्रा तय गरेको छ । स्पेनले स्लोभाकियालाई ५-० ले पराजित गरेको हो । यस समूहमा स्लोभाकिया ३ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा छ । पोल्यान्ड भने १ अंकसहित पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो ।

खेलको दोस्रो मिनेटमा नै एमिल फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए । एलेक्जेन्डर इसाकलाई पेनाल्टी क्षेत्रबाहिर रोक्ने प्रयासमा डिफेन्डर असफल भएपछि फुत्किएको बलमा फोर्सबर्गले गोल गरेका थिए ।

१७ औं मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीले केहि सेकेन्डको अन्तरमा नै लगातार पोस्टमा प्रहार गर्दा पोल्यान्ड खेल बराबर गर्नबाट चुक्यो । पिटर जिलेन्सकीको क्रसमा लेवान्डोस्कीको पहिलो हेडर क्रसबारमा लागेर फर्किएको थियो । उनले तुरुन्त उक्त बललाई दोस्रो प्रहार गर्दा पनि बार नै बाधक बन्दा पोल्यान्ड खेलमा फर्कन सकेन ।

दोस्रो हाफको ५९ औं मिनेटमा फोर्सबर्गले व्यक्तिगत दोस्रो गर्दै २-० को अग्रता दिलाए । वैकल्पिक खेलाडी डेजान कुलुसेभ्सकीले अघि बढाएको आक्रमणलाई फोर्सबर्गले गोलमा परिणत गरेका थिए । कुलुसेभ्सकीले मैदानको बीच भागबाट अघि बढाएको बल पेनाल्टी क्षेत्रभित्र फोर्सबर्गलाई उपलब्ध गराएपछि लाइप्जिगका मिडफिल्डरले सटिक फिनिस गरेका थिए ।

लेवान्डोस्कीले त्यसको २ मिनेटपछि नै दर्शनीय गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काए । पेनाल्टी क्षेत्रको बायाँ भागबाट उनले सुन्दर प्रहार गर्दै गोलरक्षक रोबिन ओल्सनलाई कुनै अवसर नै दिएनन् । ८४ औं मिनेटमा लेवान्डोस्कीले नै पोल्यान्डलाई बराबरीमा ल्याए । फ्रान्कोसकीको क्रसमा दुवै डिफेन्डर झुक्किन पुग्दा ६ यार्ड बक्स क्षेत्रभित्र एक्लै रहेका लेवान्डोस्कीले सहज फिनिस गरेका थिए ।

इन्ज्युरी समयको चौथो मिनेटमा क्लेसनले गोल गर्दै स्वीडेनको जित पक्का गरे । युभेन्ट्सका फरवार्ड कुलुसेभ्सकीले पोल्यान्डको डिफेन्सलाई पुन: समस्यामा पार्दै दिएको पासमा क्लेसनले गोल गर्दै स्वीडेनलाई समूह विजेता बनाए ।

यो पनि : सानदार जितसँगै स्पेन अन्तिम १६ मा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.