default_image

4 years ago

June 24, 2021

फ्रान्स-पोर्चुगल बराबर, हंगेरीलाई जर्मनीविरुद्ध अग्रता

235 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफ को अन्तिम चरणको खेल चलिरहेको छ  पहिलो हाफमा पोर्चुगल र फ्रान्स बराबरीमा रहँदा हंगेरीले भने आफ्नो कप्तानको गोलको मदतले जर्मनीविरुद्ध अग्रता लिएको छ ।

पोर्चुगलले फ्रान्सविरुद्ध कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा अग्रता लिएको हो । फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले फ्रिकिकमा आएको बललाई पन्च गर्ने क्रममा ड्यानिलो परेराको टाउकोमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । रोनाल्डोले उक्त पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई १-० ले अघि बढाए ।

त्यसअघि १६ औं मिनेटमा फ्रान्सले अग्रता लिने प्रयास गर्दा गोलरक्षक रुइ प्याट्रीसिओ बाधक बनेका थिए । पल पोग्बाको सानदार पासमा किलीयन एमबाप्पेको प्रहारलाई प्याट्रीसिओले विफल पारेका थिए । २० औं मिनेटमा रोनाल्डोको प्रहार पनि पोस्टभन्दा बाहिर गएको थियो ।

इन्ज्युरी समयमा रेफ्रीले फ्रान्सलाई पेनाल्टी प्रदान गरेका थिए । पोर्चुगलका डिफेन्डर नेल्सन समेडोले किलीयन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा करीम बेन्जेमाले सहजै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

अर्को खेलमा जर्मनी घरेलु मैदानमा हंगेरीसँग १-० ले पछि परेको छ । खेलको ११ औं मिनेटमा कप्तान एडम स्जालाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए । उनले रोनाल्ड सल्लाईको क्रसमा डाइभिङ हेडरमार्फत गोल गरेका थिए । त्यसअघि एन्टोनियो रुडीगरको हेडर पोस्टभन्दा बाहिर जाँदा जर्मनीले अग्रता लिनबाट चुकेको थियो ।

खेलको २१ औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट्स हमल्सको प्रहार पोस्टमा लाग्दा जर्मनी खेलमा फर्कन सकेन । जोशुवा किम्मिखको कर्नरमा हमल्सको हेडरले गोलरक्षकलाई बिट गरेपनि पोस्ट बाधक बनेको थियो । ३९ औं मिनेटमा सल्लाईको प्रहारलाई कप्तान म्यानुएल नोएरले बचाउँदै अग्रता दोब्बर पार्न दिएनन् ।

यस समूहमा फ्रान्स अन्तिम १६ मा पुगिसकेको अवस्थामा बाँकी तीन टोलीकै अघि बढ्ने सम्भावना छ । अहिलेको नतिजा अनुसार फ्रान्स शीर्षस्थानमा रहँदा पोर्चुगल दोस्रो र हंगेरी तेस्रो स्थानमा छन् । जर्मनीले गोल फर्काउन नसकेको अवस्थामा बाहिरिने सम्भावना रहेको छ । पोर्चुगलले भने कम्तिमा बराबरी गरे अर्को चरणमा जानेछ ।

यो पनि : ब्राजिल र कोलोम्बिया भिड्दै

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.