4 years ago
June 24, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत जर्मनीले समूह एफ को अन्तिम खेलमा हंगेरीसँग बराबरी खेल्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा दुई पटक पछि परेपनि जर्मनी २-२ को बराबरी गर्न सफल भयो ।

खेलको ११ औं मिनेटमा कप्तान एडम स्जालाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाए । उनले रोनाल्ड सल्लाईको क्रसमा डाइभिङ हेडरमार्फत गोल गरेका थिए । त्यसअघि एन्टोनियो रुडीगरको हेडर पोस्टभन्दा बाहिर जाँदा जर्मनीले अग्रता लिनबाट चुकेको थियो ।
खेलको २१ औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट्स हमल्सको प्रहार पोस्टमा लाग्दा जर्मनी खेलमा फर्कन सकेन । जोशुवा किम्मिखको कर्नरमा हमल्सको हेडरले गोलरक्षकलाई बिट गरेपनि पोस्ट बाधक बनेको थियो । ३९ औं मिनेटमा सल्लाईको प्रहारलाई कप्तान म्यानुएल नोएरले बचाउँदै अग्रता दोब्बर पार्न दिएनन् ।

दोस्रो हाफको ६६ औं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । किम्मिखको लामो फ्रिकिकमा गोलरक्षक पिटर गुलाक्सीले गल्ति गर्दा जर्मनीले त्यसको भरपुर फाइदा उठायो । हमल्सको हेडरलाई गोललाइन नजिकबाट काइ हाभर्ट्जले गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए ।
तर त्यसको एक मिनेट नबित्दै हंगेरीले पुन: खेलमा अग्रता लियो । कप्तान स्जालाईको फ्लिकलाई आन्द्रेस सेफरले गोलमा परिणत गर्दै हंगेरीलाई २-१ ले अघि बढाए । गोलरक्षक नोएर बल समात्न अघि बढेको अवस्थामा सेफरले गरेको हेडर गोल भएको थियो ।
८४ औं मिनेटमा जर्मनीका लागि लिओन गोरेट्जकाले बराबरी गोल फर्काए । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उनले गरेको शक्तिशाली प्रहार दुई डिफेन्डर र गोलरक्षक गुलाक्सीलाई छिचोल्दै गोल भएको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]