default_image

4 years ago

June 25, 2021

मोराटा चुक्दा परिवारलाई धम्की

179 views

0 Bookmark

एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका फरवार्ड अल्भारो मोराटाले युरोपेली च्याम्पियनसिप २०२० को दौरान गरेको प्रदर्शनलाई लिएर उनको परिवारलाई धम्की आइरहेको खुलासा गरेका छन् ।

इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका २८ वर्षीय फरवार्डले सामाजिक संजालमा आफ्नो परिवारलाई धम्की आएको बताए । उनले स्पेनको सेभियामा रहँदै आएका पत्नी र बच्चालाई पनि दुर्व्यवहार भएको बताएका छन् । मोराटाले समूह चरण अन्तर्गत पोल्यान्डविरुद्ध खेलमा कमजोर प्रदर्शन गर्दा स्पेन बराबरीमा रोकिएको थियो ।

‘ मलाई ‘तिम्रो बच्चा नरहोस्’ भन्ने सन्देश आउँछ । म यस्ता सबै मान्छेलाई मेरो स्थानमा रहेर सोच्न आघ गर्दछु । आफ्नो परिवारलाई धम्की आउँदा कस्तो महसुस हुन्छ सोचेर हेर्दा हुनेछ,’ मोराटाले स्पेनिस रेडियो क्याडेना कप स्टेसनलाई भने ।

‘मेरो श्रीमती र बच्चा मोराटा लेखिएको जर्सी लगाएर रंगशालामा थिए । समर्थकहरुले लगातार उनीहरुलाई अपशब्द प्रयोग गरे,’ उनले भने, ‘यो निकै कठिन समय हो । खेल दौरान मेरो प्रदर्शन लिएर मेरो आलोचना गर्नुलाई बुझ्न सकिन्छ । त्यसको पनि एक सीमा हुन्छ ।’

मोराटाले गत सिजन एटलेटिको म्याड्रिडबाट लोनमा रहेर युभेन्टसबाट खेलेका थिए । उनले बुधबार स्लोभाकियाविरुद्ध खेलमा पनि स्पेनले ५-० ले जित्दा पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । पोल्यान्डविरुद्ध १-१ र स्वीडेनविरुद्ध गोलरहित बराबरीमा पनि उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । पोल्यान्डविरुद्ध एकमात्र गोल गरेपनि उनले मोरेनोको पेनाल्टीमा आएको रिबाउन्डमा गोल गर्न सकेका थिएनन् ।

मोराटाले स्लोभाकियाविरुद्ध खेलमा पेनाल्टीमा गोल गर्नबाट चुकेपछि रातभर निन्द्रा नपरेको बताए । उनले आफैं पेनाल्टी लिने निर्णयलाई लिएर भने कुनै विस्मात नरहेको बताए ।

‘म पेनाल्टी लिन अघि बढेकोमा गौरव गर्छु । मलाई वार्मअपकै दौरान समर्थकले गिज्याएका थिए । केहि वर्ष अघि म दुखि हुन्थे तर अहिले भने म प्रेरित हुन्छु । मलाई गलत सोच्नेले मलाई राम्रोसँग चिनेको छैनन्,’ उनले भने ।

‘ यस्तो कठिन समयमा अहिले जस्तो राम्रो वातावरण पाउन कठिन हुन्छ । यो समयमा पनि मेरो वरपर रहेका सबैले मेरो ख्या राख्छन् । म जसको पनि आँखामा हेर्छु, मेरो साथमा रहेको पाउँछु,’ मोराटाले थपे ।

स्पेनले अब अन्तिम १६ मा क्रोएसियाको सामना गर्दैछ । मोराटाले प्रतियोगितामा कमजोर सुरुवात गरेपनि टोली एकतृत हुँदै अघि बढ्नेबारे सोचिरहेको बताए ।

यो पनि : युरो २०२० : जो समूह चरणमा चम्किए

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.