4 years ago
June 26, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको खेल अन्तर्गत समूह ‘ए’ को विजेता इटाली र समूह ‘सी’ को उपविजेता अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ ।

लन्डनमा अष्ट्रियाविरुद्ध मैदान उत्रँदा उपाधि दावेदार इटालीको एकै लक्ष्य हुनेछ । अष्ट्रियालाई हराउँदै आफ्नो अपराजित यात्रालाई लम्ब्याउने अनि आफ्नै नाममा रहेको कीर्तिमा भंग गर्ने । अन्तर्राष्ट्रिय फुटबलमा इटाली लगातार ३० खेल अपराजित यात्रा बराबरी गरेपछि दुर्लभ कीर्तिमानको नजिक छ । इटालीले अष्ट्रियालाई हराउन सके नयाँ किर्तिमान राख्नेछ ।
इटालीले वेल्समाथि जितसँगै ८२ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको थियो । इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदक समेत जितेको थियो ।
इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जाममा २ खेल हारेको छ । पछिल्लोपटक टोलले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३० खेल जितेको छ । अझ पछिल्लो ११ खेलमा टोलीले गोल पनि खाएको छैन र ३२ गोल गरेको छ ।

प्रशिक्षक मान्सिनी ८२ वर्षअघि पोज्जोको नेतृत्वमा रहेको टोलीले हासिल गरेको सफलताबाट टोली धेरै टाढा रहेको बताउँछन् । ‘पोज्जोले अपराजित यात्रा कायम राख्दा महत्त्वपूर्ण उपाधि पनि जितेका थिए । हामी त्यो स्तरभन्दा धेरै टाढा छौं । जुन टोलीले अन्तिम १६ को यात्रा पार गर्छ, त्यो टोलीले उपाधि जित्नसक्छ,’ उनले भने ।
‘हरेक खेल कठिन हुन्छ । हामीले कुनैपनि खेललाई हल्का रुपमा लिएर जित्न सकिन्छ भन्ने सोच राख्नुहुन्न,’ उनले भने, ‘हामी रोमका समर्थकलाई धन्यवाद दिन चाहन्छौ । आशा छ आउने दिनमा पनि हामीले खुसी राख्ने नतिजा दिन सक्छौं ।’
अनुभवी र युवा खेलाडीमा समिश्रण रहेको इटालीमा लोरेन्जो इन्सिग्ने, सिरो इम्मोविले, फेडरिको बर्नरडेस्ची, फेडरिको चिइसा, निकोलो बरेल्ला, जर्गिन्हो, मार्काे भेराट्टी, जियोभानी डि लोरेन्जो, लियोनार्दाे बोनुची, जर्जियो चिलियानी र गोलरक्षक जियानलुइगी डोन्नररुम्मा रहेका छन् ।

यता, पहिलोपटक नकआउट चरणमा पुगेको अष्ट्रिया उपाधि दावेदार इटालीलाई स्तब्ध पार्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । समूह चरणमा मिश्रित प्रदर्शन गरेपनि अष्ट्रिया इटालीलाई हराउने क्षमता राख्दछ । टोलीसँग जुनसुकै पोजिसनमा खेल्न सक्ने कप्तान डेभिड अलाबा, मार्काे अर्नाउटोभिच, कोनराड लाइमर, मार्सेल साबिट्जर, ड्यानियल ब्याकमान टोलीमा रहेका छन् ।
तर, बलियो इटालीलाई रोक्न अष्ट्रियालाई सहज हुनेछैन । यि दुई टोली २००८ पछि पहिलोपटक भिड्न लागेका हुन् । त्यतिबेलाको मैत्रीपुर्ण खेल २–२ गोलको बराबरीमा सकिएको थियो । यि दुई टोलीको हालसम्मको ३५ खेलको नतिजामा इटाली १६ खेलमा विजयी भएको छ । ११ खेल अष्ट्रियाले आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ ।

सन् १९६० को मैत्रीपुर्ण खेलमा २–१ ले पराजित भएयता इटाली पछिल्लो १३ खेलमा अष्ट्रियासँग अपराजित छ । जसमा १० जित र ३ बराबरीको नतिजा छ । इटाली यो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहँदा अष्ट्रिया इटालीसँगको हारको जिन्कलाई तोड्ने लक्ष्यमा हुनेछ ।
यो पनि : वेल्स र डेनमार्कको नजर क्वाटरफाइनलमा
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]