4 years ago
June 26, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा शनिबार राति समूह ‘ए’ को उपविजेता वेल्स र समूह ‘बी’ को उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । वेल्स र डेनमार्कबीचको खेल योहान क्राएफ एरिना आम्स्टर्डममा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ ।

सन् २०१६ मा सेमिफाइनलमा पुगेको वेल्स यो संस्करणमा पनि आफ्नो प्रतिद्वन्द्वीलाई पन्छाउँदै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । समूह चरणमा पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० ले हराएको थियो । तेस्रा खेलमा बलियो इटालीसँग १–० ले पराजित भएपनि वेल्स समूहमा दोस्रो हुदै नकआउट चरणमा पुग्ने सफल भएको थियो ।
प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलमा वेल्स डेनमार्कलाई हराउँदै क्वाटरफाइनलमा पुग्ने दाउमा हुनेछ । टोलीसँग कप्तान ग्यारेथ बेल, आरोन राम्से, ड्यानियल जेम्स, जोइ मोरेल जोइ रोडन, क्रिस मेपहाम, कोन्नर रोबर्ट्स र गोलरक्षक ड्यानी वार्ड टोलीमा रहेका छन् ।

यता, समूह चरणको अन्तिम खेलमा नाटकीय जित रच्दै अघिल्लो चरणको यात्रा तय गरेको डेनिस टोली वेल्सलाई स्तब्ध पार्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । समूह चरणको पहिलो खेलमा फिनल्यान्डसँग १–० ले स्तब्ध भएको डेनिस टोलीले त्यसपछि बेल्जियमसँग २–१ को हार बेहोर्दा समूह चरणबाटै बाहिरिने संघारमा पुगेपनि अन्तिम खेलमा रसियामाथि ४–१ को नाटकीय जित रच्दै समूहमा दोस्रो हुदै अन्तिम १६ मा पुगेको हो ।
डार्क हर्स डेनिस टोली वेल्सविरुद्ध पनि यही नतिजा ल्याउने लक्ष्यमा हुनेछ । आफ्नो मुख्य खेलाडी क्रिस्टियन एरिक्सन टोलीमा नरहेपनि टोलीसँग कप्तान सिमोन केयर, पिएरे इमिल होएबिएर, युसुफ पउल्सेन, मिक्केल डाम्सगार्ड, मार्टिन ब्रेथवेट र गोलरक्षक कास्पर स्माइकलको साथ रहेको छ ।

यि दुई टोलीको हालसम्मको १० भेटमा वेल्सले ४ तथा डेनमार्कले ६ खेल आफ्नो पक्षमा पारेको छ । सन् २०१८ मा भएको नेसन्स लिगको दुवै खेलमा डेनमार्कले २–० र २–१ को जित निकालेको थियो । डेनिस टोली यही जितलाई निरन्तरता दिने दाउमा रहँदा वेल्स हारको श्रृंखला तोड्न लक्ष्यमा हुनेछ । वेल्सले २००८ मा १–० को जित निकालेयताको दुई भेटमा डेनिस टोलीलाई हराउन सकेको छैन ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]