default_image

4 years ago

June 26, 2021

वेल्सविरुद्ध डेनमार्कलाई अग्रता

157 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को पहिलो खेलमा डेनमार्कले वेल्सविरुद्ध अग्रता लिएको छ । फरवार्ड कास्पर डोलबर्गको दर्शनीय गोलमा डेनमार्कले पहिलो हाफमा १-० को अग्रता लिएको हो ।

खेलको आठौं मिनेटमा नै डेनिस फरवार्ड डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । लगत्तै अर्कोतर्फ कप्तान ग्यारेथ बेलको प्रहार थोरैले बाहिरिंदा वेल्सले अग्रता लिन सकेन । डेनमार्कले त्यसपछि आक्रमणमा जोड दिँदै लगातार कर्नरबाट दबाब सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

२७ औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारलाई गोलरक्षक ड्यानी वार्डले डाइभ दिएपनि जोगाउन सकेनन् । विंगर मिकेल डाम्सगार्डले दिएको पासलाई फ्रान्सेली क्लब निसबाट खेल्दै आएका फरवार्डले सुन्दर गोलमा परिणत गरे ।

डच क्लब आयाक्सका लागि समेत खेलेका उनले आफ्नो पूर्व क्लबको मैदानमा नै गोल गर्न सफल भएका हुन् । उनी नियमित फरवार्ड युसुफ पाउल्सेनलाई चोट लागेपछि सुरुवाती रोजाइमा परेका थिए । ३२ औं मिनेटमा डोलबर्गकै प्रहारलाई गोलरक्षक वार्डले विफल पार्दै स्कोर १-० कै स्थितिमा राखे ।

इन्ज्युरी समयमा डेनमार्कले अग्रता दोब्बर गर्ने अवसर सदुपयोग गर्न सकेन । फरवार्ड मार्टिन ब्रेथवेटले पेनाल्टी क्षेत्रभित्र बल रोक्न नसक्दा पछाडी आएका डिफेन्डर योकिम माहेलले गरेको प्रहार गोलरक्षक वार्डले विफल पारे ।

यस खेलको विजेताले क्वाटरफाइनलमा चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ । यो खेल आइतबार ९:४५ बजे हुनेछ । शनिबार हुने दोस्रो खेलमा इटालीले अष्ट्रियासँग खेल्दैछ ।

यो पनि : इटालीको लक्ष्य कीर्तिमानसँगै क्वाटरफाइनल

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.