4 years ago
June 27, 2021
एजेन्सी – पोर्चुगल र बेल्जियम कुनैपनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक आमनेसामने हुँदैछन् । युरो २०२० को अन्तिम १६ को खेलमा भिड्दा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा स्थान बनाउने हुनेछ ।

बेल्जियम र पोर्चुगल दुवै टोलीले समूह चरणमा ७-७ गोल गरेका थिए । बेल्जियमले समूह चरणको सबै तीन खेलमा जित हासिल गर्दै शीर्षस्थान हासिल गरेको थियो । यता रोनाल्डोको ५ गोलमा पोर्चुगलले एक जित र एक बराबरसहित समूहको तेस्रो टोली बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । आजको खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।
यी दुई टोलीले युरोको छनोट चरणमा भने यसअघि ६ पटक खेलेका छन् । पछिल्लो पटक सन् २००८ युरोको प्रारम्भिक छनोटमा पोर्चुगलले दुवै खेलमा बेल्जियमलाई पराजित गरेको थियो । लिस्बनमा भएको खेलमा रोनाल्डोको दुई गोलमा पोर्चुगल ४-० ले विजयी रहेको थियो । त्यस्तै ब्रसेल्समा भने पोर्चुगलले २-१ को जित हासिल गर्दा हेल्डर पोस्टिगा विजयी गोल गर्न सफल भएका थिए ।
समग्रमा छनोट चरण र मैत्रीपूर्ण खेल गरेर पोर्चुगल र बेल्जियमले १८ खेल खेलेका छन् । बेल्जियमले ५ खेलमा जित हासिल गर्दा पोर्चुगलले ६ खेल जितेको छ । ७ खेल बराबरीमा सकिएको छ । यसक्रममा बेल्जियमले २२ गोल गर्दा पोर्चुगलले २१ गोल फर्काएको छ ।

बेल्जियम लगातार दोस्रो र समग्रमा छैटौं पटक युरोपेली च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । युरोमा बेल्जियमको उत्कृष्ट नतिजा सन् १९८० को संस्करणमा फाइनल खेल्नु हो । रोममा भएको उक्त प्रतियोगिताको उपाधि भिडन्तमा पश्चिम जर्मनीसँग टोली २-१ ले पराजित भएको थियो । अघिल्लो संस्करणमा भने बेल्जियम वेल्ससँग क्वाटरफाइनलमा ३-१ को हार बेहोर्दै बाहिरिएको थियो ।
पोर्चुगल लगातार सातौं र समग्रमा आठौं युरोमा प्रतिस्पर्धा गरिरहेको छ । अघिल्लो संस्करणमा उपाधि जित्दा पोर्चुगलले सेमिफाइनलमा वेल्सलाई मात्र ९० मिनेटमा हराएको थियो । त्यसबाहेक सबै खेलमा पोर्चुगल निर्धारित ९० मिनेटमा बराबरीमा रोकिएको थियो । रोनाल्डोले यसपटक समूह चरणका सबै खेलमा गोल गर्ने क्रममा ५ गोलसहित सर्वाधिक गोलकर्ताको सुचिमा शीर्षस्थानमा छन् ।
यो पनि : बेल्जियमसामु पोर्चुगलको अग्निपरीक्षा
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]