4 years ago
June 27, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा स्पेनविरुद्ध सामना गर्नुअघि क्रोएसियालाई ठूलो झट्का लागेको छ । टोलीका मुख्य फरवार्ड इभान पेरिसिच कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

सोमबार हुने खेलको लागि तयारीका क्रममा रहेको टोलीमा गरिएको परिक्षणबाट पेरिसिचलाई कोरोना संक्रमण देखिएको हो । उनले अब १० दिन सेल्फ आइसोलेसनमा बस्नेछन् । उनको प्रतियोगितामा सहभागिता अब क्रोएसियाको नतिजामा भर पर्नेछ । इन्टर मिलानका फरवार्ड पेरिसिचले क्रोएसियाका लागि उच्च प्रदर्शन गर्दै आएका थिए ।
३२ वर्षीय इन्टरका फरवार्डले राष्ट्रिय टोलीका लागि १ सय बढी खेल खेलिसकेका छन् । उनले सन् २०१८ मा विश्वकपमा उपविजेता बन्दा यादगार प्रदर्शन गरेका थिए । उनी सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दा खेलको म्यान अफ द म्याच घोषित भएका थिए । उनले फाइनलमा पनि फ्रान्सविरुद्ध हारमा गोल गरेका थिए ।

पेरिसिचले युरो २०२० मा सबै तीन खेलमा सुरुवात गरेका थिए । उनले चेक रिपब्लिकविरुद्ध खेलमा बराबरी गोल गरेका थिए । स्कटल्यान्डविरुद्ध ३-१ को जितमा पनि उनको १ गोल र १ असिस्ट सामेल थियो ।
स्पेन र क्रोएसियाबीच खेल सोमबार हुनेछ । यस खेलको विजेताले फ्रान्स र स्विट्जरल्यान्डबीच खेलको विजेतासँग क्वाटरफाइनलमा खेल्नेछ । यसअघि स्कटल्यान्डका बिलि गिल्मरलाई पनि कोरोना संक्रमण देखिएको थियो । त्यस्तै स्पेनका कप्तान सर्जियो बुस्केट्सले प्रतियोगिता सुरु हुनु केहि दिन अघि कोरोना भएपछि ठिक हुँदै पुनरागमन गरिसकेका छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]