4 years ago
June 27, 2021
एजेन्सी – बेल्जियम राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रोबर्टो मार्टिनेजले पोर्चुगलविरुद्ध युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलअघि विपक्षी कप्तानका लागि कुनै विशेष योजना नरहेको बताएका छन् ।

रोनाल्डोले जारी युरोको समूह चरणमा सबै तीन खेलमा गोल गरेका छन् । प्रतियोगितामा ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा अग्रस्थानमा रहेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाइको कीर्तिमान पनि बराबरी गरेका छन् । ग्रुप अफ डेथमा रहेको पोर्चुगलले समूह चरणको ३ खेलमा ७ गोल गरेको थियो ।
प्रशिक्षक मार्टिनेज भने रोनाल्डोका लागि कुनै विशेष योजना नबनाएको बताउँछन् । ‘जब हामीले कुनै एक खेलाडीलाई लक्षित गरेर योजना बनाउँछौं, अन्य खेलाडीले थप समस्या दिने सम्भावना हुन्छ,’ उनले भने, ‘पोर्चुगलले खेल्ने शैली हेर्दा आक्रमणमा निकै बलियो देखिन्छ । उनीहरुको गति रोक्न कठिन नै हुन्छ ।’
‘अहिलेको अवस्थामा रोनाल्डोले जे गर्दापनि सहि निर्णय सावित भएको छ । उनको पास सहि हुन्छ, अवसरमा गरेको प्रयास गोल भएको छ र यस्तो खेलाडीसँग सतर्क हुन जरुरि छ । यसो भनिरहँदा पोर्चुगलका अन्य खेलाडीमा पनि हामीले उत्तिकै ध्यान दिनुपर्छ,’ प्रशिक्षक मार्टिनेजले भने ।

‘हामीले एकतृत भएर पोर्चुगलको आक्रमण निस्तेज पार्नुपर्छ । हामीले विपक्षीको बारेमा सक्दो जानकारी लिने प्रयास गरेका छौं । अहिले हामी पनि राम्रो लयमा छौं र यसैलाई निरन्तरता दिने प्रयास गर्नेछौं,’ उनले प्रष्ट पारे ।
मिडफिल्डर केभिन डे ब्रुएनको आगमनले पनि टोलीमा उत्साह थपिएको प्रशिक्षक मार्टिनेजले बताए । ‘पहिलो खेलमा ४५ मिनेट र त्यसपछि झन्डै ९० मिनेट, केभिन टोलीमा फर्केको देख्दा निकै खुसी लागेको छ । अबको खेलका लागि उनी शारीरिक रुपमा तयार छन् जस्तो लाग्छ,’ उनले भने ।
‘केभिन नियमित भूमिकामा नै देखिनेछन् । उनलाई कुनै सटिक पोजिसन दिएर जिम्मेवारी दिनु पर्दैन । उनलाई अवसर हुँदा प्लेमेकरको भूमिका र आक्रमणमा पनि सहयोग गर्न सक्छन्,’ उनले थपे, ‘हामीले धैर्य गरेर आफ्नो योजना अनुसार खेल्नुपर्छ । पोर्चुगल रक्षात्मक रुपमा बलियो छ र हामी आफ्नो नियमित योजनामा खेल्नेछौं ।’
यो पनि : बेल्जियमसामु पोर्चुगलको अग्निपरीक्षा
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]