4 years ago
June 27, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच जारी राउन्ड अफ १६ को तेस्रो खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको छ । निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

आठौं मिनेटमा नेदरल्यान्ड्सले गोलको सुन्दर अवसर सिर्जना गरेको थियो । कर्नरमा म्यथिस डी लिग्टको हेडरले पोस्टको दिशा लिन नसकेपछि उक्त बलमा मेम्फिस डिपाएले गरेको प्रहार बाहिरियो । १६ औं मिनेटमा डोनी मालेनको प्रहारलाई गोलरक्षक टोमस भाच्लिकले बचाउँदै कर्नर दिएका थिए । जवाफी कर्नरमा पनि उनी नै बाधक बने ।
२२ औं मिनेटमा कप्तान टोमस सुचेकको हेडर थोरैले बाहिरिंदा चेकले अग्रता लिन सकेन । दायाँ विंगबाट सेभ्चिकले गरेको क्रसमा सुचेकको डाइभिङ हेडरमा गोलरक्षक बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २८ औं मिनेटमा प्याट्रिक सिकको प्रहार डे रुनलाई लाग्दै गोलरक्षक मार्टेन स्टेकेलेनबर्गले सहजै बचाए ।

३८ औं मिनेटमा चेकले अघि बढ्ने सुवर्ण अवसर खेर फाल्यो । एन्टोनिन बाराकले पेनाल्टी क्षेत्र भित्रबाट पोस्टमा प्रहार डिफेन्डर डी लिग्टले छेक्दा खेल गोलरहित नै रहयो । काउन्टर अट्याकमा राम्रो मुभ बनाएको चेकका लागि मासोपुस्तको पासमा बाराक गोल गर्न चुकेका थिए । लगत्तै अर्कोतर्फ डम्फ्राइजको लो क्रसमा मालेन बलसम्म पुग्न सकेनन् ।
यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।
नेदरल्यान्ड्स सुरुवाती ११ : (३-५-२)
मार्टेन स्टेकेलेनबर्ग : स्टेफान डे भ्राए, म्याथिस डे लिग्ट, डेली ब्लीन्ड : डेन्जेल डम्फ्राइज, मार्टेन डे रुन, जिओर्जिनिओ वाइनाल्डम, फ्रेंकी डे जोङ, प्याट्रिक भान आनहोल्ट : मेम्फिस डिपाए, डोनी मालेन
चेक सुरुवाती ११ : (४-२-३-१)
टोमस भाच्लिक : पाभेल कादेर्बेक, टोमस कालास, ओन्द्रेज सेलुत्स्का, भ्लादिमिर सौफाल : टोमस होलेस, टोमस सुचेक : लुकास मासोपुस्त, एन्टोनिन बाराक, पिटर सेभ्चिक : प्याट्रिक सिक
यो पनि : ‘रोनाल्डोका लागि विशेष योजना छैन’ – बेल्जियमका प्रशिक्षक मार्टिनेज
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]