default_image

4 years ago

June 28, 2021

बेल्जियमविरुद्ध पोर्चुगलको दुई परिवर्तन

166 views

0 Bookmark

एजेसी – साविक विजेता पोर्चुगलले युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ मा बेल्जियमविरुद्ध अघिल्लो खेलबाट टोलीमा २ परिवर्तन गरेको छ । बेल्जियमले भने अघिल्लो खेलबाट टोलीमा ५ खेलाडी परिवर्तन गरेको छ ।

पोर्चुगलले घाइते डिफेन्डर नेल्सन सेमेडोको स्थानमा डिओगो डालोटलाई अवसर दिएको छ । त्यस्तै ड्यानिलो परेराको स्थानमा जोआओ पाल्हिन्हा टोलीमा आएका छन् । फ्रान्सविरुद्ध वैकल्पिक खेलाडीका रुपमा राम्रो प्रदर्शन गरेपछि पाल्हिन्हाले टोलीमा स्थान राख्न सके ।

यता बेल्जियमले भने अघिल्लो खेलमा विश्राम दिएको आफ्ना मुख्य खेलाडीलाई उतारेको छ । अनुभवी डिफेन्डर थोमस भर्मालेनले पनि सुरुवाती रोजाइमा स्थान बनाएका छन् । इडेन हाजार्डले टोलीको कप्तानी गर्दा मिडफिल्डमा युरी टिलेमान्स र एक्सेल विट्सेल छन् । केभिन डे ब्रुएन र रोमेलु लुकाकु आक्रमणमा छन् ।

पोर्चुगल सुरुवाती ११ : (४-३-३)

रुई प्याट्रीसिओ : डिओगो डालोट, रुबेन डियास, रिकार्डो पेपे, राफाएल गुरेरो : जोआओ मोउटिन्हो, जोआओ पाल्हिन्हा, रेनाटो सान्चेस : बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो (कप्तान), डिओगो जोटा

बेल्जियम सुरुवाती ११ : (३-४-३)

थिबाउट कोर्टुवा : टोबी एल्डरवेरल्ड, थोमस भर्मालेन, जान भर्टोन्घन : थोमस मुनिएर, युरी टिलेमान्स, एक्सेल विट्सेल, थोर्गन हाजार्ड : केभिन डे ब्रुएन, रोमेलु लुकाकु, इडेन हाजार्ड (कप्तान)

यो पनि :

यस्तो छ पोर्चुगलविरुद्ध बेल्जियमको इतिहास

नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक क्वाटरफाइनलमा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.