4 years ago
June 28, 2021
एजेन्सी – विंगर थोर्गन हाजार्डको उत्कृष्ट गोलमा युरोपेली च्याम्पियनसिप अन्तर्गत बेल्जियमले साविक विजेता पोर्चुगलविरुद्ध जारी राउन्ड अफ १६ चरणको खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

थोर्गनले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । बेल्जियमले अघि बढाएको आक्रमणमा पोर्चुगलको डिफेन्स चिर्न नसकेपछि थोमस मुनिएरले बायाँ विंगमा भएका थोर्गनलाई पास दिएका थिए । थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट नै गरेको प्रयासमा गोलरक्षक रुइ प्याट्रीसिओको डाइभ खेर गएको थियो ।
त्यसअघि पोर्चुगलले खेलमा केहि अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन । छैटौं मिनेटमा नै डिओगो जोटाले गोल गर्ने अवसर खेर फालेका थिए । रेनातो सान्चेसले मिडफिल्डमा बल खेलाउँदै दिएको अन्तिम पासलाई जोटाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसपछि दशौं मिनेटमा बेल्जियन कप्तान इडेन हाजार्डको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
२५ औं मिनेटमा रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले मुस्किलले विफल पारेका थिए । रिबाउन्डमा जोआओ पाल्हिन्हाले हेडरलाई पोस्टतर्फ प्रहार गर्न सकेनन् । ३७ औं मिनेटमा मुनिएरले आउटसाइड फुटले गरेको प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो ।
यस खेलमा जित हासिल गर्ने टोलीले क्वाटरफाइनलमा इटालीको सामना गर्नेछ ।
यसअघि दिनको पहिलो खेलमा चेक रिपब्लिकले उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पुरा पढ्नुहोस : नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै चेक क्वाटरफाइनलमा
युभेन्टस तथा नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लिग्टले आफ्नै कारणले गर्दा नेदरल्यान्ड्स चेक रिपब्लिकसँग पराजित भएको बताएका छन् । पुरा पढ्नुहोस : ‘मेरो गल्तीले टिम हार्यो’ – डी लिग्ट
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]