default_image

4 years ago

June 28, 2021

‘फाइनल पुग्ने विश्वास थियो’ – पोर्चुगिज प्रशिक्षक सान्तोस

246 views

0 Bookmark

एजेन्सी – पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फर्नान्डो सान्तोसले युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ चरणमा बेल्जियमसँग हार बेहोर्दै बाहिरिनु पर्दा दुख व्यक्त गरेका छन् ।

आइतबार भएको खेलमा थोर्गन हाजार्डको एकमात्र गोलमा साविक विजेता पोर्चुगल १-० ले पराजित भएको थियो । हाजार्डले पहिलो हाफमा गरेको प्रयास नै गोल भएपछि पोर्चुगलले दोस्रो हाफमा निकै प्रयास गरेपनि सफल हुन सकेन । खेलपछि पत्रकारसँग बोल्दै प्रशिक्षक सान्तोसले आफ्नो टोली फाइनलसम्म पुग्ने विश्वास राखेको बताए ।

‘हामी सबै अचम्मित र दुखि छौं । केहि खेलाडी भित्र रोएर बसेका छन् । उनीहरुले आफूले सक्ने मिहिनेत गरेकै हुन्,’ उनले भने, ‘बेल्जियमले ६ पटक पोस्टमा आक्रमण गर्दा १ गोल गर्न सक्यो । हामीले २९ पटक प्रहार गर्दा २ पटक त पोस्टमा नै लाग्न पुग्यो ।’

‘हामीले हार स्वीकार्नुपर्छ । तर खेलबारे बोल्न मसँग धेरै शब्द नै छैन । हामी सबैले फाइनल पुग्न चाहेका थियौं र त्यहाँसम्म पुग्छौं भन्ने विश्वास पनि थियो । फाइनलमा पुगेर उपाधि जित्ने हाम्रो लक्ष्य थियो । अब न्याय र अन्याय भन्दापनि हामीले गोल खाएपछि फर्काउन सकेनौं भन्ने बुझ्नुपर्छ,’ पोर्चुगिज प्रशिक्षकले भने ।

‘सन् २००१६ मा जस्तै उपाधि जित्ने लक्ष्य थियो । यहाँबाट भविष्यका लागि पनि धेरै कुरा सिकेको छौं । सन् २०१९ मा हामी विश्वकपको राउन्ड अफ १६ मा बाहिरीएपनि अर्को वर्ष नेसन्स लिगको उपाधि जित्न सकेका थियौं । अब आउने दिनमा विश्वकपतर्फ हाम्रो ध्यान मोडिनेछ,’ प्रशिक्षकले भने ।

पोर्चुगलले यसअघिका ७ खेलमध्य ६ खेलमा हरेकमा २ वा सोभन्दा बढी गोल गरेको सिलसिला रहेको थियो । तर बेल्जियमले लगातार १२ खेलको अपराजित यात्रालाई बढाउँदै १३ मा पुर्याउन सफल रहयो ।

यो पनि : ‘मेरो गल्तीले टिम हार्यो’ – डी लिग्ट

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.