default_image

4 years ago

June 28, 2021

नेयमारबिनाको ब्राजिल बराबरीमा रोकियो

145 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड नेयमार लगायत आक्रमणका खेलाडीलाई विश्राम दिएको खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । कोपा अमेरिका २०२१ अन्तर्गत समूह बी को खेलमा इक्वेडरसँग १-१ को बराबरीमा रोकिएपछि ब्राजिल अंक बाँड्न बाध्य भएको हो ।

ब्राजिलले खेलको ३७ औं मिनेटमा एडर मिलिसाओको गोलमा अग्रता लिएको थियो । एभर्टनको फ्रिकिकमा मिलिसाओले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए । फ्रिकिकमा आएको क्रसमा मिलिसाओको हेडरलाई गोलरक्षकले समेत बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ५३ औं मिनेटमा एन्जल मेनाले बराबरी गोल फर्काएका थिए । एनर भ्यालेन्सियाको फितलो हेडरलाई ब्राजिलका डिफेन्सले क्लिअर गर्न नसक्दा मेनाले ६ यार्ड बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो । बक्सभित्र लगातार हेडर गर्दा ब्राजिलको डिफेन्सले कमजोर प्रदर्शन गर्दा गोलरक्षक एलिसनले अन्तिम प्रहार बचाउने अवसर नै पाएनन् ।

समूहको अर्को खेलमा पेरुले भेनेजुएलामाथि १-० को जित हासिल गर्यो । खेलको ४८ औं मिनेटमा आन्द्रे क्यरिलोले गरेको गोल नै पेरुको जितमा निर्णायक बनेको थियो । यस जितले पेरु समूह बी को दोस्रो स्थानमा रहन सफल भयो ।

समग्रमा ब्राजिलले ४ खेलमा १० अंक जोड्दै शीर्ष स्थान पक्का गर्यो । पेरुले ४ खेलमा ७ अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा ४ अंक जोडेको कोलोम्बिया तेस्रो भयो । ब्राजिललाई बराबरीमा रोक्दै इक्वेडर कुल ३ अंकसाथ चौथो भयो । भेनेजुएलाभने २ अंकसाथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यो पनि : पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.