4 years ago
June 29, 2021
एजेन्सी – युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा मंगलबार युक्रेन र स्वीडेन खेल्दैछन् । स्कटल्यान्डको ह्याम्पडेन पार्कमा हुने खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

स्वीडेनले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । टोलीका मुख्य खेलाडी एमिल फोर्सबर्गले शनिबार प्रशिक्षण नगरेपनि आफू खेलका लागि फिट रहेको बताएका छन् । युक्रेनका डेनिस पोपोभ र एलेक्जेन्डर जुब्कोभ भने चोटका कारण नखेल्ने सम्भावना छ । भिक्टर सिग्नाकोभ प्रतियोगितामा पहिलो सुरुवात गर्न तत्पर छन् ।
स्वीडेन युरोमा तेस्रो पटक अन्तिम १६ मा प्रवेश गर्न सफल रहेको हो । सन् २०२१ मा अपराजित रहेको स्वीडेनले पछिल्लो ८ मध्य ७ खेलमा जित हासिल गरेको छ । स्वीडेनले समूह चरणमा सबैभन्दा कम पास खेल्दै कुल ५ सय ९१ पास खेलेको छ । पोल्यान्डविरुद्ध १ मिनेट २२ सेकेन्डमा अग्रता लिएको स्वीडेन सोहि सुरुवातको अपेक्षामा हुनेछ ।

युक्रेन इतिहासमा पहिलो पटक समूह चरण पार गरेपछि सुखद नतिजाको आशामा हुनेछ । युरोको पछिल्लो ८ मध्य ७ खेलमा पराजित युक्रेनले स्वीडेनलाई स्तब्ध पार्न निकै मिहिनेत गर्नुपर्छ । हालसम्म युक्रेनले यस प्रतियोगितामा क्लिन सिट राख्न सकेको छैन ।
यो पनि : जर्मनी र इंग्ल्यान्डको महाभिडन्त
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]