4 years ago
June 30, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत बेल्जियमले इटालीविरुद्ध हुने क्वाटरफाइनल खेलमा आफ्ना दुई मुख्य खेलाडी इडेन हाजार्ड र केभिन डे ब्रुएनको साथ नपाउने सम्भावना बढेको छ ।

आइतबारको खेलमा बेल्जियमले साविक विजेता पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउँदा कप्तान इडेन हाजार्ड र मिडफिल्डर केभिन डे ब्रुएनले चोटका कारण मैदान छाड्नुपरेको थियो । दुवै खेलाडी पोर्चुगलका खेलाडीबाट ट्याकल लाग्दा घाइते हुन पुगेका थिए । पहिलो हाफको अन्त्यतिर मिडफिल्डर जोआओ पाल्हिन्हाले गरेको ट्याकलमा डे ब्रुएन घाइते भएका थिए ।
हाफटाइममा विश्राम लिएर दोस्रो हाफमा मैदान उत्रेका उनले खेल्न भने सकेनन् । ४८ औं मिनेटमा नै उनले बेन्चलाई आफू खेल्न नसक्ने बताएपछि ड्रिज मर्टेन्स उनको स्थानमा प्रवेश गरेका थिए । डे ब्रुएनको प्रस्थानपछि बेल्जियमको आक्रमणमा कमी पनि देखिएको थियो ।
त्यस्तै हाजार्डले पनि खेल अवधिभर निकै ट्याकलको सामना गरे । यसैपनि एन्कलको चोटबाट ग्रस्त हुँदै आएका उनले ८५ औं मिनेटमा मैदान छाडेका थिए । हाजार्ड आफैंले पनि खेल्न कठिन भएपछि नै मैदान छाडेको बताए । यसपटक भने उनको चोट ह्यामस्ट्रीङमा लागेको हो ।

‘म घाइते हुन पुगें र ह्यामस्ट्रीङमा निकै दुखाइ महसुस भयो । अब चोटको अवस्था कस्तो छ भोली यकिन थाहा होला,’ हाजार्डले खेलपछि भनेका थिए, ‘विस्तृत परिक्षणपछि मात्र के कति चोट छ भन्ने यकिन हुनेछ । म खेल्न नसक्ने भएपनि कप्तानको भूमिकामा टोलीसँग नै रहनेछु ।’
हाजार्ड र डे ब्रुएन दुवै बेल्जियमको टोलीमा महत्त्वपूर्ण नाम हुन् । प्रतियोगिताको सुरुवातमा यी दुई पूर्ण फिट नहुँदा पनि बेल्जियमले राम्रो सुरुवात गरेको थियो । अब यानिक करास्को र ड्रिज मर्टेन्सलाई विकल्पका रुपमा हेरिएको छ ।
प्रशिक्षक रोबर्टो मार्टिनेजले दुवै खेलाडीको चोट धेरै गम्भीर नरहेपनि इटालीविरुद्ध खेलमा खेल्न सक्नेमा शंका रहेको बताए । ‘दुवैको चोटबारे सकारात्मक खबर छ । गम्भीर चोट नरहेकाले दुवै जना टोलीसँग नै रहनेछन् । हामीसँग धेरै समय नरहेकाले अहिले केहि भन्न सक्ने अवस्था छैन । उनीहरु अब सकेसम्म चाँडो फिट हुने प्रयासमा रहनेछन्,’ प्रशिक्षक मार्टिनेजले भने ।
बेल्जियमले अब क्वाटरफाइनलमा इटालीको सामना गर्दैछ । इटालीले निकै प्रतिस्पर्धात्मक खेलमा शनिबार अष्ट्रियालाई २-१ ले पराजित गरेको थियो ।
यो पनि : युरोको क्वाटरफाइनल समीकरण पूरा
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]