default_image

3 years ago

July 1, 2021

सान्चो म्यानचेस्टर युनाइटेड आउने पक्का

73 views

0 Bookmark

एजेन्सी – इंग्लिस फुटबल टोलीका विंगर जेडन सान्चो अन्तत: म्यानचेस्टर युनाइटेडमा अनुबन्धित हुने भएका छन् । जर्मन क्लब बोरुसिया डर्टमुन्डले आफ्ना खेलाडी सान्चो युनाइटेड जान लागेको पक्का गरेको हो । युनाइटेडले पनि आफ्नो वेबसाइटमा दुई क्लबबीच सहमति भएको जनाएको छ ।

डर्टमुन्डले स्टक मार्केटमा दिएको जानकारी अनुसार युनाइटेडले ७३ मिलियन पाउण्ड तिरेर सान्चोलाई भित्र्याउन लागेको हो । २१ वर्षीय विंगर अब युरो सकिएलगत्तै मेडिकल पास गरेपछि अधिकारिक रुपमा टोलीसँग आबद्ध हुनेछन् । युनाइटेडले गत सिजन नै सान्चोलाई किन्ने प्रस्ताव राखेपनि डर्टमुन्डले उक्त प्रस्ताव अस्विकार गरेको थियो ।

डर्टमुन्डले यस सिजन पनि सान्चोलाई राख्ने इच्छा देखाएको थियो । तर सान्चो आफैंले प्रिमियर लिगमा फर्कने इच्छा देखाएपछि क्लब बेच्न राजी भएको हो । सान्चो म्यानचेस्टर सिटीबाट जर्मन क्लब पुगेका थिए । उनले यसक्रममा १ सय ३७ खेल खेल्दै ५० गोल गरेका छन् ।

सान्चो अहिले जारी युरोपेली च्याम्पियनसिपमा इंग्ल्यान्डको टोलीमा रहेपनि अपेक्षित अवसर पाएका छैनन् । इंग्ल्यान्डले जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्दा सान्चोले कुनै खेलपनि सुरुवात गरेका छैनन् ।

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

Success

Thank you for your time.