default_image

3 years ago

July 1, 2021

साफ च्याम्पियनसिपमा ५ राष्ट्र मात्र खेल्ने सम्भावना!

60 views

0 Bookmark

एजेन्सी – दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप यसै सेप्टेम्बरमा आयोजना भए ५ राष्ट्रले मात्र सहभागिता जनाउने भएका छन् । पूर्व निर्धारित तालिका अनुसार प्रतियोगिता सेप्टेम्बर पहिलो साता आयोजना गर्ने तयारी रहेको छ ।

साफको विहिबार बसेको बैठकमा भुटानले यस वर्ष प्रतियोगिता आयोजना भएको अवस्थामा सहभागिता जनाउन नसक्ने जानकारी दिएको छ । भुटान सरकारले यस वर्ष कुनैपनि टोलीलाई देशबाहिर जान नदिने निर्णय गरेको छ । त्यस्तै पाकिस्तानको फुटबल संघ फिफाबाट प्रतिबन्धमा छ । यस्तो अवस्थामा सेप्टेम्बरमा प्रतियोगिता आयोजना भए आयोजक बंगलादेशसँगै नेपाल, भारत, माल्दिभ्स र श्रीलंकाले मात्र खेल्ने सम्भावना रहेको हो ।

गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना संक्रमणका कारण एक वर्ष पछि धकेलिएको थियो । यसपटक सेप्टेम्बरमा नै प्रतियोगिता आयोजना भएपनि राजधानी ढाकामा नहुने बंगलादेश फुटबल संघले जनाएको छ । बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालाको पुनर्निर्माण जारी रहेका कारण सिल्हेट वा चटगाउँमा प्रतियोगिता हुने सम्भावना रहेको साफका महसचिव अन्वरुल हकले जानकारी दिएका हुन् ।

‘आज बसेको बैठकमा लिखित रुपमा भने कुनै टोलीले खेल्ने नखेल्ने निर्णय दिएका छैनन् । आज प्रतियोगिता आयोजना लगायत सम्पूर्ण विषयमा छलफल मात्र भएको हो ,’ हकले प्रथम आलोलाई भनेका छन् । कोरोनाको अवस्था हेरेपछि केहि समयपछि मात्र प्रतियोगिताबारे निर्णय गर्न सकिने उनले जानकरी दिए ।

सेप्टेम्बरमा अन्तर्राष्ट्रिय खेलको फिफा विन्डो रहेकाले त्यसबेला नै खेल गर्ने तयारी बंगलादेशको छ । ५ टोलीमात्र सहभागी हुने भएपछि राउन्ड रोबिन र त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने पद्दति लागु हुने सम्भावना छ ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.