default_image

9 years ago

November 2, 2016

पहिलो खेल जिते नेपाल सोलिडारिटी कपको सेमिफाइनल पुग्ने

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले शनिबार हुने खेल जितेमा पहिलो खेलबाट मलेसियाको कुचिङमा सुरु भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । समूह ए को पहिलो खेलमा बुधबार बु्रनाईले टिमोर लिस्टलेलाई ४–० ले हराएको थियो ।

brunei-yellow-4-0-timor-leste-red-2

त्यो नतिजाका कारण नेपालले शनिबार हुने आफ्नो पहिलो खेलमा टिमोर लिस्टेलाई हराए अन्तिम खेल अघि नै अन्तिम चारमा पुग्नेछ । बराबरीमा रोकिएको खण्डमा भने ब्रुनाईसँग नोभेम्बर ८ मा हुने खेलको नतिजासम्म कुर्नुपर्ने हुन्छ । नेपालसँग शनिबार पराजित भएमा टिमोर लिस्टे प्रतियोगिताबाट बाहिरनेछ । समूह एमा तीन टोली मात्र छन् । राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

14917197_10207535683340456_4556519599296708158_o
बुधबार ब्रुनाईले अजवान अलिको दुई गोलको मद्दतमा टिमोर लिस्टले विरुद्ध फराकिलो जित निकालेको थियो । दोस्रो हाफको १७ मिनेटका बीचमा ब्रुनाईले ४ गोल गरेको थियो । अजवानले ६३ औं मिनेटमा पहिलो र ६९ औं मिनेटमा अर्को गोल गरेको थियो । मोहम्मद शाह राजेन विन सइहले ७१ औं र अडी विन साइले ८० औै मिनेटमा गोल गरेका थिए । ब्रुनाई र टिमोर लिस्टको खेल नेपाली टोलीले पनि हेरेको थियो । नेपाली टोली बुधबार अभ्यास गरेको थियो । अर्को समूहमा श्रीलंका, लावस, मकाउ र मंगोलिया छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.