default_image

3 years ago

July 6, 2021

रियल म्याड्रिडको प्रिसिजन सुरु

41 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले नयाँ सिजन २०२१–२०२२ को प्रशिक्षण सुरुवात गरेको छ । क्लबले सोमबार युरो र कोपा अमेरिका कपमा टोलीमा नरहेका खेलाडीलाई समेट्दै प्रि–सिजन सुरुवात गरेको हो ।

प्रि–सिजनको पहिलो दिन भाल्डेवेवासमा १३ सिनियर खेलाडीको मेडिकल परिक्षण गरिएको थियो । जसमा मार्सेलो, लोनबाट फर्किएका मार्टिन ओडेगार्ड, ब्राहिम डियाज र लुका जोभिकसँगै ड्यानी कार्भाहल, लुकास भाज्क्वेज, फर्लान्ड मेन्डी, मारियानो डियाज, नाचो फर्नान्डेस, रोड्रिगो गोएस, अल्भारो ओड्रिओजोला, डिएगो अल्टुव र एन्ड्री लुनिन उपस्थित रहेका थिए ।

नयाँ प्रशिक्षक कार्लाे एन्सेलोटीको प्रशिक्षणमा इस्कोलाई पनि अनुमति दिइएको छ । उनी मंगलबारबाट प्रशिक्षणमा सामेल हुनेछन् । बाँकी खेलाडी पनि छिट्टै प्रशिक्षणमा सहभागी हुने क्लबले जनाएको छ । प्रशिक्षक एन्सेलोटीको प्रशिक्षण सत्रमा केही दिन सिनियर टोलीका खेलाडी उपस्थित हुनेछैनन् ।

रियलको सिनियर टोलीबाट १६ खेलाडीहरु युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका कपमा व्यस्त रहेका थिए । केही खेलाडीको टोली युरो र कोपाबाट बाहिरिएपनि छोटो समयको लागि बिदामा रहेका छन् । केही खेलाडी जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा व्यस्त रहनेछन् ।

रियल गत सिजन उपाधि विमुख बनेको थियो । टोली अन्तिम दिन ला लिगाको उपाधिबाट वञ्चित बन्दा च्याम्पियन्स लिगको सेमिफाइनल र कोपा डेल रेबाट राउन्ड अफ ३२ बाटै बाहिरिएका थिए । टोलीबाट प्रशिक्षक जिनेदिन जिदान र कप्तान सर्जियो रामोसले बिदा लिइसकेका छन् । रियलले सेन्टर ब्याक डेभिड अलबालाई फ्रि एजेन्टमा अनुबन्ध गरेको छ ।

ब्राजिली क्यासमिरो, इडर मिलिसाओ र भिनिसियस जुनियर कोपा अमेरिका कपमा व्यस्त छन् । मार्काे एसेन्सियो, जेसस भालेजा, ड्यानी सेवालोस र ताके कुवो टोकियो ओलम्पिकको टोलीमा रहेका छन् । डेभिड अलाबा, ग्यारेथ बेल, लुका मोड्रिच, राफयल भरान, करिम बेन्जेमा, टोनी क्रुस, थिवाउट कोर्टुवा, इडेन हाजार्ड र फेडे भाल्भेर्डे केही सातापछि प्रशिक्षणमा जोडिनेछन् ।

कोभिडको प्रोटोकलका कारण रियलले यात्रामा निस्कनु पर्नेभएपछि प्रि–सिजनका लागि हालसम्म कुनैपनि मैत्रीपुर्ण खेलको तालिका बनाएको छैन । रियलले युरोपियन टोलीसँगै कम्तीमा पनि तीन मैत्रीपुर्ण खेलको लागि प्रयास गरिरहेको छ ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.