default_image

3 years ago

July 6, 2021

ब्राजिललाई पहिलो हाफमा अग्रता

380 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । पहिलो हाफमा एकपक्षीय आक्रमण गरेको ब्राजिल लुकास पाक्वेटाको गोलमा अघि बढेको हो ।

पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आठौं मिनेटमा रिचार्लीसनले गोलरक्षक गालेसेलाई बिट गर्दै नेयमारलाई पास निकालेपनि पिएसजीका फरवार्डले उक्त बललाई पोस्टको दिशा दिन सकेनन् । १३ अौं मिनेटमा क्यासेमिरोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गालेसेले विफल पारे ।

१५ अौं मिनेटमा रिचार्लीसनको पासमा एभर्टनको प्रहार पनि सिधै गालेसेको हातमम पुगेको थियो । १९ अौं मिनेटमा गालेसेले लगातार तीन सानदार बचाउ गर्दै खेल गोलरहित नै राखे । क्यासेमिरोको लामो प्रहार बचाएका उनले त्यस लगत्तै रिचार्लीसन र नेयमारको गोलतर्फ आएको प्रहारलाई उत्कृष्ट ढंगले विफल पारेका थिए ।

३५ अौं मिनेटमा भने गालेसे निरिह बन्दा ब्राजिलले अग्रता लियो । नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्र रहेका पाक्वेटालाई पास दिएपछि लियोनका मिडफिल्डरले शक्तिशाली प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाए । इन्ज्युरी समयमा रेनान लोदीको हेडर बाहिरिँदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

यस खेलको विजेताले फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । पराजित हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.