default_image

3 years ago

July 6, 2021

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

70 views

0 Bookmark

एजेन्सी – साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार बिहान रियो दि जेनेरियोमा भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आठौं मिनेटमा रिचार्लीसनले गोलरक्षक गालेसेलाई बिट गर्दै नेयमारलाई पास निकालेपनि पिएसजीका फरवार्डले उक्त बललाई पोस्टको दिशा दिन सकेनन् । १३औं मिनेटमा क्यासेमिरोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गालेसेले विफल पारे ।

१५औं मिनेटमा रिचार्लीसनको पासमा एभर्टनको प्रहार पनि सिधै गालेसेको हातमम पुगेको थियो । १९औं मिनेटमा गालेसेले लगातार तीन सानदार बचाउ गर्दै खेल गोलरहित नै राखे । क्यासेमिरोको लामो प्रहार बचाएका उनले त्यस लगत्तै रिचार्लीसन र नेयमारको गोलतर्फ आएको प्रहारलाई उत्कृष्ट ढंगले विफल पारेका थिए ।

३५औं मिनेटमा भने गालेसे निरिह बन्दा ब्राजिलले अग्रता लियो । नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्र रहेका पाक्वेटालाई पास दिएपछि लियोनका मिडफिल्डरले शक्तिशाली प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाए । इन्ज्युरी समयमा रेनान लोदीको हेडर बाहिरिँदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

दोस्रो हाफको सुरुवातमै पेरुले खेलमा फर्कने अवसर पाएको थियो । जियानलुका लापाडुलाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक एडरसनले विफल पारेका थिए । ५२औं मिनेटमा पेरुका लागि गार्सियाले गरेको लामो प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा पेरुले सुधारिएको प्रदर्शन गरेपनि अवसर सदुपयोग गर्न नसक्दा बराबरी गोल फर्काउन सकेन । ब्राजिलले भने अग्रता जोगाउनका लागि अधिकांश समय बल पकडमा राख्दै पेरुलाई खेलमा जम्न नदिने प्रयास गरेको थियो ।

ब्राजिलले अब फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । पेरुले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

Success

Thank you for your time.