default_image

3 years ago

July 8, 2021

रामोसले पीएसजीमा ४ नम्बर जर्सी लगाउने पक्का!

75 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेन तथा रियल म्याड्रिडका पुर्व कप्तान तथा डिफेन्डर सर्जियो रामोसलाई क्लबमा अनुबन्ध गरेको आधिकारिक रुपमा पुष्टि नगरेपनि उनी पीएसजीमा ४ नम्वरको जर्सीमा देखिने पक्का भएको छ ।

पीएसजीले बिहीबार उनलाई सार्वजनिक गर्न सक्नेछ । पीएसजीले बुधबार आफ्नो अफिसियल वेभसाइटमा पीएसजीको नयाँ डिफेन्डर जो ४ नम्वर जर्सीमा देखिनेछन् भनेर पोस्ट गरेको थियो । तर लगत्तै उक्त पोस्ट हटाइएको थियो । यसको अर्थ रामोसले पीएसजीमा आफ्नो परम्परागत ४ नम्वर जर्सीमै देखिने पक्का छ ।

उनले पीएसजी टीभीसँगको अन्तरवार्तामा चार नम्वर जर्सीबाटै आफुले खेल करियर शुरु गरेको र यो जीवनभर साथ रहेको बताउँदै यही चार नम्वरमा थुप्रै उपाधि जित्न सफल भएको बताएका छन् । पीएसजीमा उनी यो सिजन अनुबन्ध हुने उनी चौथो खेलाडी हुनेछन् । पीएसजीले यसअघि जर्जिन्हो वाइनाल्डम, ड्यानिलो पेरेइरा र अचरफ हाकिमीलाई अनुबन्ध गरिसकेको छ ।

पीएसजीले रामोसलाई बुधबार राति क्लबमा भित्र्याएको र उनले चार नम्वर जर्सि लगाउने बताएको छ । रामोस र पीएसजीबीच दुई वर्षको सम्झौता भएको बुझिएको छ । यसको अर्थ स्पेनिस महारथी रियल म्याड्रिडका पुर्व डिफेन्डर उनी सन् २०२३ सम्म पीएसजीमा रहनेछ । पीएसजी जानका लागि उनले मेडिकल परिक्षण पनि सम्पन्न गरेका छन ।

रियलमा उनले दुई वर्षको सम्झौता माग गरेपनि यसमा सहमति जुट्न नसक्दा उनले सिजनको अन्त्यसँगै रियल छाडेका थिए । रामोसले रियलबाट १६ सिजन बिताउँदा ६ सय ७१ खेल खेलका थिए । जउनले रियलबाट १०१ गोल गरेका छन् । सन् २००५ मा सेभियाबाट रियल पुगेका रामोसले रियलबाट २२ भन्दा बढी उपाधि जितेका छन् । रामोसले रियलबाट ५ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.