9 years ago
November 3, 2016
वार्स (एजेन्सि)
दुइ गोलको अग्रता गुमाउदै खेलमा पछी परेको रियल मड्रीड अन्तिम समय तिर गोल गरे पछी पोल्याण्डको लेगिया वार्सवसङ अंक बाड्न सफल भएको छ ।

बोरुसिया डर्टमाउण्ड्साङ वार्सवका समर्थकहरुले समस्या सिर्जना गरेपछी सजाय स्वरुप खाली मैदानमा खेलिएको खेलमा मड्रीडले पहिलो हाल्फमा २ गोलको अग्रता लिएको थियो । च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा छिटो गोल गर्दै ५७ सेकेण्डमा बेलले मड्रीड्लाई अग्रता दिलाएका थिए । त्यस्तै बेन्जेमाले ३५ मिनेटमा गोल गर्दै मड्रीडको अग्रता दोब्बर गरेका थिए । पहिलो हाल्फको सामप्ती अघी भ्याडिस ओदजिदजा-ओफोएले गोल गर्दै वार्सवलाई खेलमा फर्क्याए ।
पहिलो हाल्फमा २-१ ले पछी परेको घरेलु टोलिले दोस्रो हाल्फमा दुइ गोल गर्दै अग्रता लिन सफल भयो ।मिरोस्लाव राडोभिकले ५८ मिनेटमा गोल गर्दै खेल बराबरिमा ल्याए भने थिबल्ट मौलिनले ८३ मिनेटमा घरेलु टोलीलाइ अग्रता दिलाए ।
मड्रीडको लागी कोभाकिचले गोल गर्दै ८५औ मिनेटमा खेल बराबरिमा रोकेर १ अंक कमाउन सफल भए ।
अन्य खेलहरुमा मोनाकोले सिएस्केए मस्कोलाई ३-०ले हरायो, टोटेन्ह्याम घरेलु मैदानमा बाएर लिभरकुसेन सङ १-० ले पराजित भयो । त्यस्तै बोरुसिया डोर्ट्माउन्डले स्पोर्टिङ्लाई १-० ले जित्दै समुहको शिर्षस्थान कबजा गर्न सफल भयो ।
इटालिमा भएको खेलमा लियोनले सिरी ए च्याम्पियन युभेन्टसलाई १-१ मा रोक्न सफल भयो । त्यस्तै सेभिल्लाले डाइनामो जाग्रेबसङ ४-० को जित नतिजा निकाल्यो । समुह जि मा लेस्टरले अवे खेलमा डेनमार्कको कोभेन्हभ्नसङ गोलरहित बराबरी खेल्यो भने पोर्टोले क्लब ब्रुगेलाई १-० ले हरायो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]