default_image

3 years ago

July 9, 2021

कुइपर्सले युरोको फाइनल खेलाउने

एजेन्सी – युरोपको ११ शहरमा जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको फाइनल खेल नेदरल्यान्ड्सका रेफ्री बियोर्न कुइपर्सले खेलाउने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)ले फाइनलमा मुख्य रेफ्री कुइपर्स रहने जनाएको छ । युरोकपको फाइनलमा इंग्ल्यान्ड र इटाली भिड्नेछन् । आइतबार राति हुने फाइनल खेल वेम्बली स्टेडियममा हुनेछ । ४८ वर्षीय कुइपर्स युरोकपको फाइनल खेलाउने […]

82 views

0 Bookmark

एजेन्सी – युरोपको ११ शहरमा जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको फाइनल खेल नेदरल्यान्ड्सका रेफ्री बियोर्न कुइपर्सले खेलाउने भएका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)ले फाइनलमा मुख्य रेफ्री कुइपर्स रहने जनाएको छ । युरोकपको फाइनलमा इंग्ल्यान्ड र इटाली भिड्नेछन् । आइतबार राति हुने फाइनल खेल वेम्बली स्टेडियममा हुनेछ । ४८ वर्षीय कुइपर्स युरोकपको फाइनल खेलाउने पहिलो डच रेफ्री हुनेछन् । कुइपर्सले सातौंपटक युरोपियन प्रतियोगिताको फाइनल खेल खेलाउन लागेका हुन् ।

यसअघि पनि उनले इंग्ल्यान्ड र इटालीबीचको खेल खेलाइसकेका छन् । सन् २०१४ को विश्वकपको समूह चरणमा इंग्ल्यान्ड र इटाली भिड्दा कुइपर्स रेफ्री रहेका थिए । कुइपर्स सन् २००६ देखि फिफा रेफ्री रहँदै आएका छन् । उनले जारी युरोमा समूह चरणमा स्पेन र स्लोभाकियाविरुद्धको खेल खेलाएका थिए ।

यस्तै डेनमार्क र बेल्जियम तथा चेक रिपब्लिक र डेनमार्कबीचको खेल खेलाएका थिए । उनको सहयाकमा डच सन्डेर भान रोइकेल र इर्विन जेइन्स्ट्र रहनेछन् । फोर्थ अफिसियलमा स्पेनका कार्लाेस डेल सेरो ग्रान्डी रहनेछन् । बास्टियन डान्कर्ट भिडियो असिस्टेन्ट रेफ्री रहनेछन् । उनलाई क्रिस्टियन जिटेलमान, मार्काे फ्रिट्ज र पोल भान बोइकेलले साथ दिनेछन् । भीएआर टोलीका दुई सदस्य सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डको खेलमा पनि जिम्मेवारीमा रहेका थिए ।

कुइपर्सले सन् २०१८ मा मार्से र एट्लेटिको म्याड्रिडबीचको युरोपा लिगको फाइनल, २०१४ मा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीचको च्याम्पियन्स लिगको फाइनल, २०१३ मा बेन्फिका र चेल्सीबीचको युरोपाको फाइनल, २००९ मा जर्मनी र इंग्ल्यान्डबीचको युरोपियन यु–२१, २००६ मा चेक र रसियाबीचको युरोपियन यु–१७ को फाइनल र २०११ मा बार्सिलोना र पोर्टाेबीचको युरोपियन सुपर कपको फाइनल खेल खेलाएका छन् ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.