default_image

3 years ago

July 10, 2021

कोलम्वियाविरुद्ध पेरुलाई अग्रता

एजेन्सी – कोपा अमेरिका कपको तेस्रो स्थानको लागि भइरहेको खेलको पहिलो हाफमा पेरुले कोलम्वियाविरुद्ध अग्रता लिएको छ । ब्राजिलस्थित ब्रासिलिया डिस्ट्रिटो फेडरलमा शनिबार बिहान भएको खेलको पहिलो हाफको अन्त्यतिर योसिमार योटनले गोल गर्दै पेरुलाई अग्रता दिलाएका हुन् । ४४औं मिनेटमा क्रिस्टियन कुइभाको पासमा अनमार्क रहेका उनले सहज गोल गरेका थिए । जारी कोपमा उनको यो […]

43 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपको तेस्रो स्थानको लागि भइरहेको खेलको पहिलो हाफमा पेरुले कोलम्वियाविरुद्ध अग्रता लिएको छ ।

ब्राजिलस्थित ब्रासिलिया डिस्ट्रिटो फेडरलमा शनिबार बिहान भएको खेलको पहिलो हाफको अन्त्यतिर योसिमार योटनले गोल गर्दै पेरुलाई अग्रता दिलाएका हुन् । ४४औं मिनेटमा क्रिस्टियन कुइभाको पासमा अनमार्क रहेका उनले सहज गोल गरेका थिए ।

जारी कोपमा उनको यो दोस्रो गोल हो । उनले यसअघि क्वाटरफाइनलमा पाराग्वेविरुद्ध गोल गरेका थिए । खेलमा बल पोसेसन कोलम्वियाले बनाएपनि फिनिसिङ गर्न सकिरहेको छैन ।

त्यसअघि खेलको पाँचौ मिनेटमा योसिमार योटनको प्रहार बाहिरिदा पेरु अग्रता लिनबाट चुकेको थियो । नवौ मिनेटमा ओस्कार मुरिल्लोले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा कोलम्वियाले अग्रता लिन सकेन । २७औं मिनेटमा जियानलुका लापाडुलाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पेरुले अग्रता लिन सकेन ।

३२औं मिनेटमा कोलम्वियाका लुइस डियाजले अवसर खेर फाले । ४४औं मिनेटमा यारी मिनाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया अग्रता लिनबाट चुक्यो । त्यसमै गोलरक्षकले रिलिज गरेको बललाई काउन्टर अट्याकमा अघि बढाएपछि क्रिस्टियन कुइभाको पासमा योसिमार योटनले गोल गर्न सफल भएका थिए ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज खेल्ने भनिएको खेल रद्द भएको छ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज तालिकामा रहेको खेल रद्द भएको हो । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.