default_image

3 years ago

July 13, 2021

एट्लेटिकोले अर्जेन्टिनी स्टार भित्र्यायो

एजेन्सी – कोपा अमेरिका कप विजेता अर्जेन्टिनी स्टार मिडफिल्डर रोड्रिगो डि पउल ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले रोड्रिगोलाई इटालियन क्लब उडिनेसबाट ३० मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । सम्झौता अनुसार अर्जेन्टिनी स्टार रोड्रिगो सन् २०२६ सम्म एट्लेटिकोमा हुनेछन् । उनको राष्ट्र अर्जेन्टिनाले यसै साता ब्राजिललाई […]

104 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कप विजेता अर्जेन्टिनी स्टार मिडफिल्डर रोड्रिगो डि पउल ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् ।

एट्लेटिकोले रोड्रिगोलाई इटालियन क्लब उडिनेसबाट ३० मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । सम्झौता अनुसार अर्जेन्टिनी स्टार रोड्रिगो सन् २०२६ सम्म एट्लेटिकोमा हुनेछन् । उनको राष्ट्र अर्जेन्टिनाले यसै साता ब्राजिललाई हराउँदै २८ वर्षपछि कोपा अमेरिका कप जितेको थियो ।

उनलाई अनुबन्ध गर्न इंग्लिस क्लब लिड्स युनाइटेडले पनि चासो देखाएको थियो । तर उनले वान्डा मेट्रोपोलिटानोको क्लब रोजेका हुन् । ला लिगा च्याम्पियन एट्लेटिकोमा यो सिजन अनुबन्ध हुने रोड्रिगो पहिलो खेलाडी बनेका छन् । अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमिओनीले उनको प्रदर्शनलाई नजरअन्दाज गर्दै टोलीमा भित्र्याएको हो ।

उनको सोमबारै मेडिकल परिक्षण भइसकेको छ । एट्लेटिकोमा आबद्ध भएसँगै रोड्रिगोले च्याम्पियन टोलीमा आबद्ध हुन पाउदा खुशी रहेको र यो दायित्वप्रति सचेत रहेको बताउँदै यो आफ्नो खेल करियरको सबैभन्दा ठुलो चरण रहेको बताएका छन् ।

‘स्पेनी फुटबलमा मेरो अनुभवका कारण मलाई खेल्न सहज हुन सक्नेछ । म स्पेनमा खेल्ने सबै साथीहरुलाई राम्ररी बुझ्दछु,’ रोड्रिगोले भने, ‘म प्रशिक्षक सिमिओनको प्रशिक्षणमा खल्न पाउँदा धेरै खुसी छु । मलाई फुटबल मन पर्छ, यो मेरो जीवनको दैनिक भाग हो र खेलाडीको रुपमा प्रशिक्षक सिमिओनसँग जोडिन पाउँदा खुशी छु ।’

२७ वर्षीय रोड्रिगोले यसअघि दुई सिजन (२०१४–१५ र १५–१६) भ्यालेन्सियामा बिताएका थिए । त्यसपछि उनी उडिनेस पुगेका थिए । उनले उडिनेसेमा ५ सिजन बिताउँदा १८४ खेलमा ३४ गोल गरेका छन् ।

अर्जेन्टिनाका राष्ट्रिय टोलीका प्रशिक्षक लियोनेल स्कोलानीको प्रशिक्षणमा उनले लगातार मौका पाइरहेका छन् । उनले अर्जेन्टिनाबाट २८ खेलमा १ गोल गरेका छन् । उनी २०१८ देखि नियमित रुपमा अर्जेन्टिनी टोलीमा रहेका छन् ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.