default_image

9 years ago

November 5, 2016

प्रधानसेनापति कप महिला फुटबलमा आर्मी र पुलिसलाई सफलता

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाली सेना र नेपाल पुलिस आ आफ्नो पहिलो खेल जित्दै प्रधानसेनापति कप चौथो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

नेपाली सेनाको महिला फुटबल टोली । फाइल तस्बिर

नेपाली सेनाको महिला फुटबल टोली । फाइल तस्बिर

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल आर्मीले शुक्रबार उद्घाटन खेलमा पूर्वाञ्चललाई ६–० ले र अर्को खेलमा पुलिसले मध्यपश्चिमाञ्चललाई ८–० ले हराएको थियो । सुरुआतबाट खेलमा हावी भएको आर्मीका लागि कृष्णा खत्रीले पहिलो हाफमै ४ गोल गरेकी थिइन् । शर्मिला थापामगर र दिता अधिकारीले दोस्रो हाफमा १/१ गोल थपे । कृष्णा वमन अफ दी म्याच चुनिइन् ।
पुलिसको जितमा पनि निरु थापाले ४ गोल गरिन् । त्यसतै यसोदा लामाले २ तथा निर्मला विक र अमृता जैसीले १/१ गोल गरे ।
नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले प्रतियोगिताको उद्घाटन गरेका थिए । कात्तिक २४ गते सम्म चल्ने प्रतियोगितामा नेपालका ८ र भारतका टोली टोलीको सहभागिता रहेको छ ।

आजको खेल
एपिएफविरुद्ध पश्चिमाञ्चल
सुदूरपश्चिमाञ्चलविरुद्ध मध्यमाञ्चल

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.