9 years ago
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुद)
राष्ट्रिय फुटबल टोलीको कप्तानका रुपमा एएफसी सोलिडारिटी कपमा भाग लिन मलेसिया पुगेपछि अनिल गुरुङ पहिलो रोजाइमा पर्ने सम्भावना कम छ ।

कोचिङमा आज साँझ नेपालले आफ्नो पहिलो खेलमा लिस्टेसँग हुने खेलमा प्रतिस्पर्धा गर्दैछ । युवा खेलाडीले लगातार सफलता दिलाइरहेका कारण पनि टोलीमा सिनियर खेलाडीमध्येका एक अनिल सुरुआती ११ मा पर्ने सम्भावना कम छ ।
नेपालका पछिल्ला दुई सफलतामा स्ट्राइकरद्धय नवयुग श्रेष्ठ र विमल घर्तीमगरको जोडीले सफलता दिलाइरहेका कारण पनि अनिल पहिलो रोजाइमा पर्ने सम्भावना कम छ । माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जित्दा होस् वा फागुनमा भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदको यू २३ फुटबलमा स्वर्ण पदक दिलाउँदा होस नवयुग र विमलको जोडी खुब चम्केको थियो ।

टोलीका अन्य खेलाडीले पनि अग्रपक्तिलाई सघाउन उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तीन दुवै सफलतामा अनिल थिएनन् । अनिल पहिलो रोजाइमा नपरे स्वतः टोलीको कप्तानी विराज महर्जनले सम्हाल्नेछन् । विराजकै नेतृत्वमा नेपालले बंगबन्धु र सागमा स्वर्ण जितेको थियो । टिमोर लिस्टेसँग पनि तीनै दुई स्ट्राइकर विमल र नवयुग पहिलो रोजाइमा पर्ने निश्चित प्राय छ । उनीहरुबाट अपेक्षा अनुसारको प्रदर्शन हुन सकेन भने राष्ट्रिय टोलीमा लामो अनुभव बोकेका अनिलले खेलका बीचमा मौका पाउन सक्छन् ।
लिस्टेविरुद्ध रक्षापक्तिमा विराज, रविन जस्ता सिनियर खेलाडी अनन्त तामाङ र आदित्य चौधरीको साथ रहनेछ । सुजल श्रेष्ठ, विक्रम लामा र अन्जन विष्ट मिडफिल्डमा खेल्ने लगभग निश्चित छ । विशाल राई पूर्ण रुपमा फिट नभएकाले उनको ठाँउमा हेमन गुरुङले खेल्ने सम्भावना छ । लामो समय राष्ट्रिय टोलीको पोष्ट सम्हालेका किरण चेम्जोङ र पछिल्ला दुई ठूला सफलतामा टोलीको हिस्सा रहेका विकेश कुथुमध्ये एक टिमोर लिस्टेविरुद्ध खेल्नेछन् । यी दुईको दाँजोमा विशाल श्रेष्ठसँग राष्ट्रिय टोलीको कम अनुभव छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]