4 years ago
August 5, 2021
एजेन्सी – अष्ट्रेलियालाई हराउँदै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा कास्यपदक हात पारेको छ ।गोलको वर्षा भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई ४–३ ले हराउँदै कास्यपदक जित्न सफल भएको हो ।

अमेरिकाको जितमा मेगान रापिनोइ र कार्ली लोएडले समान दुई गोल गरिन् । अष्ट्रेलियाका लागि सामान्थ खेर, काइटलिन फोर्ड र इमिली जिलनिकले समान एक गोल गरेपनि हार टार्न सकिनन् । कासिमा सकर स्टेडियममा बिहीबार भएको खेलको आठौं मिनेटमा मेगान रापिनोइले गोल गर्दै अमेरिकालाई १–० को अग्रता दिलाइन् ।
१७औं मिनेटमा सामान्थ खेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । २१औं मिनेटमा मेगानले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अमेरिकालाई २–१ ले अगाडि बढाइन् । ४५औं मिनेटमा कार्ली लोएडले गोल गरेपछि अमेरिकाले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको थियो ।

५१औं मिनेटमा कार्लीले व्यत्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि अमेरिकाले ४–१ को आरामदायी अग्रता लिन सफल भएको थियो । त्यसपछि अष्ट्रेलियाले दुई गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि जितको लागि पर्याप्त भएन । ५४औं मिनेटमा काइटलिन फोर्डले तथा ९०औं मिनेटमा इमिलीले गोल गरेकी थिइन् ।
स्वर्णका लागि बिहीबार स्वीडेन र क्यानडाबीच प्रतिस्पर्धा हुदैछ । स्वीडेनले अष्ट्रेलियालाई तथा क्यानडाले अमेरिकालाई समान १–० ले हराउँदै फाइनलमा स्थन बनाउन सफल भएको थियो ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]