default_image

4 years ago

August 6, 2021

जापानलाई हराउँदै मेक्सिको तेस्रो

162 views

0 Bookmark

एजेन्सी – घरेलु टोली जापानलाई हराउँदै मेक्सिकोले टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबल (यु–२३) मा कास्यपदक जित्न सफल भएको छ ।

साइतामा स्टेडियममा शुक्रबार भएको खेलमा जापानलाई ३–१ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो । मेक्सिकोको जितमा फ्रान्सिस्को कोर्डाेभा, जोहान भास्क्वेज र एर्नेस्टो भेगाले गोल गरे । जापानका काओरु मितोमाले एक गोल फर्काए । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।

खेलको १३औं मिनेटमा फ्रान्सिस्को कोर्डाेभाले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई १–० को अग्रता दिलाए । २२औं मिनेटमा जोहान भास्क्वेजले गोल गर्दै मेक्सिकोलाई पहिलो हाफमा २–० ले अघि बढाए । उनले फ्रान्सिस्को कोर्डाेभाको पासमा गोल गरेका थिए ।

५८औं मिनेटमा एर्नेस्टो भेगाले गोल गर्दै मेक्सिकोलाई सहज जिततर्फ अघि बढाए । ७८औं मिनेटमा काओरु मितोमाले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । उनले ताकेफुसा कुवोको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा मेक्सिको विजयी हुदै कास्य जित्न सफल भयो ।

जापानले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा पराजित हन पुग्यो । यससँगै मेक्सिकोले समूह चरणमा भोगेको हारको बदला लिएको छ । मेक्सिकोले समूह चरणमा २–१ को हार बेहोरेको थियो ।

ओलम्पिक फुटबलको पुरुषतर्फको स्वर्णको लागि शनिबार साँझ ५ः१५ बजे ब्राजिलको यु–२३ टोली र स्पेनको यु–२३ टोलीबीच प्रतिस्पर्धा हुदैछ । लगातार तेस्रोपटक फाइनलमा पुगेको ब्राजिल लगातार दोस्रो उपाधिको खोजीमा हुनेछ । स्पेन १९९२ पछि उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.