default_image

3 years ago

August 10, 2021

डेब्यु नगर्दै अगुएरो घाइते

एजेन्सी – नयाँ सिजनको सुरुवातको नजिकमा बार्सिलोना र प्रशिक्षक रोनाल्ड कोम्यानका लागि सुखद रहेनन् । सुपर स्टार लिओनल मेस्सीलाई क्लबमै राख्न असफल बार्सिलोनामा नयाँ खेलाडीका रुपमा आबद्ध भएका सर्जियो अगुएरोले सिजनको सुरुवात गर्न नसक्ने भएका छन् । आइतबार अभ्यासका दौरान मेस्सीको निकटका मित्र अगुएरो घाइते भएको छन् । जसका कारण उनी दुई देखि तीन महिना […]

38 views

0 Bookmark

एजेन्सी – नयाँ सिजनको सुरुवातको नजिकमा बार्सिलोना र प्रशिक्षक रोनाल्ड कोम्यानका लागि सुखद रहेनन् । सुपर स्टार लिओनल मेस्सीलाई क्लबमै राख्न असफल बार्सिलोनामा नयाँ खेलाडीका रुपमा आबद्ध भएका सर्जियो अगुएरोले सिजनको सुरुवात गर्न नसक्ने भएका छन् ।

आइतबार अभ्यासका दौरान मेस्सीको निकटका मित्र अगुएरो घाइते भएको छन् । जसका कारण उनी दुई देखि तीन महिना मैदान बाहिर रहनुपर्ने भएको छ । बार्सिलोनाले आइतबार दिउँसो अगुएरोको दायाँ गोलीगाठाको थोरै माथिको भागमा समस्या भएको जनाएको छ । चोटबारे विस्तृत जानकारीका लागि बाँकी जाँच गर्नुपर्ने बताइएको छ ।

अगुएरो कम्तीमा नोभेम्बरसम्म मैदान बाहिर रहन सक्ने अनुमान गरिएको छ । चोटको प्रारम्भिक परिक्षणले खराब अवस्था रहेको अनुमान गरिएको थियो । जसका कारण उनी मेस्सीको बिदाइमा राखिएको पत्रकार सम्मेलनमा उपस्थित हुन सकेनन् । त्यस्तै सोही दिन युभेन्ट्सविरुद्धको जोन ग्याम्पर ट्रफीका लागि भएको प्रतिस्पर्धामा पनि उनको उपस्थिति रहेन ।

प्रशिक्षक कोम्यानले अगुएरोको अवस्थाका बारेमा जानकारी दिँदै आफू पछिल्लो अवस्थाबाट निराश रहेको बताए । ‘उनी चोटग्रस्त भएका छन् । हामीले अब उनलाई प्रतीक्षा गर्नुपर्ने भएको छ । प्रशिक्षण राम्रै भइरहेको थियो,’ उनले भने ।

बार्सिलोनाका युवा स्टार अन्सु फाती र उस्मान डेम्बेले पनि चोटग्रस्त छन् । फिलिपे काउटिन्हो चोटमुक्त भएर फर्केपनि युभेन्ट्सविरुद्धको खेलमा भने उनले मौका पाएनन् ।

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.