default_image

3 years ago

August 11, 2021

मेस्सी र जर्सी नम्बर ३०

एजेन्सी – अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेसीले नयाँ क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ३० नम्बरको जर्सी रोजेका छन् । पीएसजीले मेस्सीलाई मंगलबार पार्क डेस प्रिन्सेसमा ३० नम्वरको जर्सीका सार्वजनिक गरेका छन् । ३४ वर्षीय मेस्सीले पीएसजीमा २ वर्षको सम्झौता गरेका छन् । वार्षिक २५ मिलियन पाउन्ड र बोनस पाउने मेस्सीलाई एक वर्ष थप्ने विकल्प […]

65 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेसीले नयाँ क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ३० नम्बरको जर्सी रोजेका छन् । पीएसजीले मेस्सीलाई मंगलबार पार्क डेस प्रिन्सेसमा ३० नम्वरको जर्सीका सार्वजनिक गरेका छन् ।

३४ वर्षीय मेस्सीले पीएसजीमा २ वर्षको सम्झौता गरेका छन् । वार्षिक २५ मिलियन पाउन्ड र बोनस पाउने मेस्सीलाई एक वर्ष थप्ने विकल्प खुल्ला गरिएको छ । मेस्सीले पीएसजीमा किन ३० नम्बर जर्सी नै रोजे त ? क्याटलान क्लब बार्सिलोमा रहँदा उनले ३० नम्वरको जर्सी लगाएका थिए । पीएसजीमा त्यही जर्सी रोज्नुमा केही तथ्यहरु छन् ।

बार्सिलोनामा १७ सिजन व्यवसायिक खेल करियरमा मेस्सीले १३ सिजन आइकोनिक १० नम्वरको जर्सीमा देखिए । सुरुवाती चार सिजनमध्ये दुई–दुई सिजन मेस्सीले ३० नम्वर र १९ नम्वरको जर्सी लगाएका थिए । मेस्सीले बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गर्दा त्यतिबेला ब्राजिली रोनाल्डिन्होले १० नम्वरको जर्सीमा बार्सिलोनामा उत्कृष्ट सिजन बिताइरहँदा मेस्सीले ३० नम्वरको जर्सी पाएका थिए ।

बार्सिलोनामा २००६–७ को सिजनमा उनले १९ नम्वरको जर्सी पाएका थिए । अर्काे सिजन पनि उनले १९ नम्वरकै जर्सी लगाए । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पनि १९ नम्वरको जर्सी लगाएका थिए । त्यतिबेलासम्म रोनाल्डिन्होले नै १० नम्वर जर्सीमा रहेका थिए । रोनाल्डिन्होले क्लब छाडेपछि मात्रै मेस्सीले १० नम्वरको जर्सी पाएका हुन् । त्यसपछि १३ सिजन उनी १० नम्वर जर्सीमा बार्सिलोनामा बिताए ।

पीएसजी आउने निश्चित भएपछि उनका ब्राजिली साथी खेलाडी नेयमार जुनियरले उनलाई १० नम्बरको जर्सी दिने प्रस्ताव पनि राखेका थिए । तर ३४ वर्षीय मेस्सीले त्यसलाई स्वीकारेनन् । सामान्यतया फ्रान्समा ३० नम्बर जर्सी तेस्रो रोजाईका गोलरक्षकले लगाउने चलन रहेपनि उनले आफुले सुरुमा लगाएको ३० नम्बर जर्सी नै रोजे । लिगले मेस्सीका लागि भएर नै पिएसजीका तेस्रो रोजाइका गोलरक्षकले लिइसकेको जर्सी परिवर्तन गर्न स्वीकृति दिएको थियो ।

यो त्यही नम्बरको जर्सी हो, जुन मेस्सीले बार्सिलोनाबाट व्यवसायिक करियर सुरु गर्दा लगाएका थिए । पीएसजीले उनलाई १९ नम्बर जर्सीको पनि प्रस्ताव राखेको थियो । मेस्सीले दुई सिजन बार्सिलोनामा यही नम्बरको जर्सी लगाएर खेलेका थिए ।

मेस्सीले पीएसजीमा ३० नम्वरको जर्सी रोज्नुको अर्थ ३० नम्वरबाटै नयाँ अध्याय सुरु गर्न लागेको बुझ्न सकिन्छ । अर्थात् नयाँ सिजन, नयाँ क्लब, नयाँ नम्वर तर मेस्सी भने उही रहलान् त ?

यो पनि : मेस्सी, एमबाप्पे र नेयमार अर्थात ‘एमएमएन’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.