default_image

3 years ago

August 20, 2021

एट्लेटिकोलाई जिल्याउँदै राफा मिर सेभियामा

एजेन्सी – यस सिजनको खेलाडी सरुवा (समर ट्रान्सफर) को समयावधि सकिनै लाग्दा क्लबहरुले खेलाडी अनुबन्धलाई तीव्रता दिएका छन् । गत सिजनको ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्ध नजिक पुगेका स्पेनिस फरवार्ड राफा मिरलाई सेभियाले अनुबन्ध गर्न सफल भएको छ । सेभियाले एट्लेटिकोलाई जिल्याउँदै २४ वर्षीय राफा मिरलाई इंग्लिस क्लब वल्भ्सबाट १६ मिलियन युरोमा ५ वर्षको […]

47 views

0 Bookmark

एजेन्सी – यस सिजनको खेलाडी सरुवा (समर ट्रान्सफर) को समयावधि सकिनै लाग्दा क्लबहरुले खेलाडी अनुबन्धलाई तीव्रता दिएका छन् । गत सिजनको ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्ध नजिक पुगेका स्पेनिस फरवार्ड राफा मिरलाई सेभियाले अनुबन्ध गर्न सफल भएको छ ।

सेभियाले एट्लेटिकोलाई जिल्याउँदै २४ वर्षीय राफा मिरलाई इंग्लिस क्लब वल्भ्सबाट १६ मिलियन युरोमा ५ वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । उनी सन् २०२६ सम्म सेभियामा रहनेछन् । ओल्मपिकमा स्पेनिस टोलीका लागि प्रभाव जमाएका मिरले पनि अन्तिम समयमा जुलियन लुपेटेगुईको सेभिया रोजे ।

सन् २०१८ मा स्पेनिस क्लब भ्यालेन्सियबाट वल्भ्स पुगेका राफाले वल्भ्समा २ खेल खेलेपछि लोनमा स्पेनिस क्लब लास पाल्मस नै फर्किएका थिए । त्यसपछि अर्काे सिजन उनी इंग्लिस च्याम्पियनसिप क्लब नथिङघम फरेस्टमा पुगेका थिए । केही समयपछि उनी हुएस्का पुगेका थिए ।

हुएस्का स्पेनको शीर्ष डिभिजनमा बढुवा हुँदा उनले उच्च प्रदर्शन गरेका थिए । गत सिजन पनि उनले स्पेनिस क्लब हुएस्काबाट लोनमा खेलेका थिए । गत सिजन हुएस्काबाट राफा मिरले ९ खेलमा १६ गोल गरेका थिए ।

सेभियाले एलाभेसका जोसेलुलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सहमति जुट्न नसक्दा मिरलाई नजर लगाएको थियो । राफा मिरले टोकियो ओलम्पिक २०२० स्पेनको प्रतिनिधित्व गरेका थिए । स्पेन ओलम्पिकमा दोस्रो भएको थियो ।

सेभियाले यसअघि गोन्जालो मोन्टिएल र इरिक लमेलालाई अनुबन्ध गरिसकेको छ ।

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.