default_image

3 years ago

August 22, 2021

बार्सिलोना बराबरीमा रोकियो

69 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको दोस्रो राउन्डको खेलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनाले घरेलु टोली एथलेटिको बिल्वाओसँग १–१ गोलको बराबरी खेल्दै दोस्रो खेलमै अंक बाड्न बाध्य बनेको हो ।

बार्सिलोनाले एक गोलले पछि परेको स्थितिमा खेललाई बराबरीमा रोक्न सफल भएको हो । घरेलु टोली बिल्वाओका इनिगो मार्टिनेजले गोल गर्दा बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी गोल फर्काए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

बिल्वाओमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको शुरुमै इनिगो मार्टिनेजले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । इकर मुनिएनको पासमा मार्टिनेजले ५०औं मिनेटमा गोल गरेका थिए ।

एक गोलले पछि परेपछि बार्सिलोनाले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवाव बढाउँदै गर्दा ७५औं मिनेटमा गोल गर्न सफल भएको थियो । यसै समरमा बार्सिलोना आएका मेम्फिस डिपाएले सर्जी रोबर्टाेको पासमा ला लिगामा पहिलो गोल गर्न सफल भए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । एरिक गार्सियाले निको विलियम्समाथि फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो ।

बराबरीपछि बार्सिलोनाको २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । बिल्वाओले २ खेलबाटै २ अंक जोडेको छ । बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडमाथि ४–२ को जित निकाल्दा बिल्वाओले इल्चेसँग गोलरहित बराबरी खेलेको थियो ।

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

Success

Thank you for your time.