default_image

3 years ago

August 24, 2021

इब्राहिमोभिचलाई मैदान फर्कन केहि समय लाग्ने

39 views

0 Bookmark

एजेन्सी – एसी मिलानले सिरि एको कम्तीमा दुई राउन्डका खेल याल्टान इब्राहिमोभिच विनानै खेल्नु पर्ने छ । मेमा युभेन्ट्सविरुद्ध खेल्दा स्विडिस फरवार्डको घुँडामा चोट लागेको थियो । घुँडाको शल्यक्रियापछि पनि केहि समस्या देखिएको छ । त्यसैले उनले कम्तीमा अन्तर्राष्ट्रिय विश्राम पछि मात्र पूनरागमन गर्ने अपेक्षा गरिएको छ ।

‘शारीरिक रुपमा उनी ठिक अवस्थामा छन् । यद्दपी उनले टोलीका अन्य खेलाडीसँग अभ्यास गरेका छैनन्,’ मिलानका प्रशिक्षक स्टेफानो पिओलीले भने छन्, ‘अर्को साता उनका लागि महत्वपूर्ण हुनेछ । उनले सामान्य रुपमा आफ्नो लयमा अभ्यास र बलसँग खेल्नेछन् । सबै सोचे जस्तै भयो भने अन्तर्राष्ट्रिय विश्राम पछि उनी फर्कन सक्छन् ।’

मिलानमा उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ । ‘टोलीमा उनको भूमिका अतुलनीय छ र उनी प्राविधिक रुपमा पनि नेता हुन्,’ प्रशिक्षक पिओलीले थपे, ‘मानसिक रुपमा पनि उनी ठिक छन् । उनलाई थाहा छ उनी टोलीका लागि निर्णायक हुन सक्छन् ।’ इब्राहिमोभिच अक्टुबर ३ मा ४० वर्ष लाग्दैछन् । त्यसैदिन टोलीले लाजियोको सामना गर्नेछ । अन्तर्राष्ट्रिय विश्रामको लगत्तै टोलीले युभेन्ट्सको सामना गर्नेछ ।

इब्राहिमोभिचविना मिलानले सिरि एमा विजयी सुरुवात गरेको छ । घरेलु टोली साम्पडोरियामाथि सोमबार १–० को जित दर्ता गर्दै मिलानले नयाँ सिजन जितका साथ सुरुवात गरेको हो ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.