default_image

9 years ago

November 7, 2016

महिला फुटबलमा आर्मी पराजित, मध्यमाञ्चल फाइनलमा

151 views

0 Bookmark

 काठमाडौं (हाम्रो खेलकुद)– आयोजक त्रिभुवन आर्मी क्लबलाई हराउँदै मध्यमाञ्चल प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
Photo credit: Ekantipur

Photo credit: Ekantipur

गत बर्ष फाइनल खेलेको आर्मीलाई यसपटक सोमबार भएको सेमिफाइनलमा मध्यमाञ्चलले टाइब्रेकरमा ३–१ ले हरायो । अब मध्यमाञ्चलले उपाधिका लागि बुधबार साबिक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा एपिएफले अर्को विभागिय टोलीलाई नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै उपाधि रक्षाको सम्भावनालाई बढाएको छ । मध्यमाञ्चलले निर्धारित समयमै आर्मीमाथि जित नजिक पुगेको थियो । तर, अन्तिम समयमा आर्मीले गोल फर्काउदै खेललाई २–२ को बराबरी गरेको थियो ।
आर्मीकी कप्तान अञ्जली वाइबाले ९० औं मिनेटमा गोल खेललाई बराबरीमा पुयाएकी थिइन् । ३२ औं मिनेटमा शर्मिला थापा मगरको गोलबाट आर्मीले अग्रता लिएको थियो । मध्यमाञ्चलकी सुस्मिता घिसिङले ४२ औं मिनेटमा बराबरी गोल फर्काइन् । अन्जुको गोलबाट मध्यमाञ्चलले ६३ औं मिनेटमा खेलमा अग्रता लियो । टाइब्रेकरमा मध्यमाञ्चलकी निशा ठकुरी, अञ्जु लोप्चन र मनीषा राउतले गोल गरे । आर्मीबाट कृष्णा खत्रीले मात्र गोल गरिन् ।
अर्को खेलमा साबिक विजेता एपिएफका लागि सरु लिम्बुले आठौं, गीता रानामगर ४८ औं र साबित्री भण्डारीले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए । पुलिसका लागि निरु थापाले एक गोल फर्काइन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.